
मङ्लबार, पुस २८, २०७७
पर्यटन व्यवसायीले ७ दिन क्वारेन्टिनको व्यवस्था हुँदा विदेशी पर्यटक आउन नमानेको बताएका छन्।व्यवसायीहरुले ७ दिन क्यारेन्टिनको सट्टा विदेशी पर्यटकको एयरपोर्टमै पीसीआर टेष्ट गर्न माग गरेका हुन्।
पर्यटन व्यवसायीहरुको छाता संगठनले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालसँग एयरपोर्टमा पिसिआर टेष्टगरी नेगेटिभ आए घुम्न दिनुपर्ने बताएका छन्।
पर्यटन व्यवसायीले वसन्त ऋतुमा नेपाल घुम्न आउने भन्दै बुकिङ गरेका पर्यटकले समेत बुकिङ रद्द गरिरहेको बताएका छन्। व्यवसायीले नेपाल घुम्न आउने पर्यटकलाई अनअराइभल भिसा, ७ दिन क्वारेन्टिन व्यवस्था र पीसीआर रिपोर्टले अन्योल परेको बताएका छन्।
Copyright © 2015 ::NA Media Pvt. Ltd.::
तपाईको प्रतिक्रिया