विदेश जाने कामदारले खोप नपाए चौतर्फी असर:रोजगारी गुम्न सक्ने समेत खतरा

शुक्रबार, असार ११, २०७८

विदेश जाने कामदारले खोप नपाए चौतर्फी असर:रोजगारी गुम्न सक्ने समेत खतरा

नेपाल सरकारको अकर्मन्यता ले.....

कोरोना संक्रमणको कारण ले बिभिन्न मुलुकहरु ले कोरोना खोप लगाएर मात्र प्रवेश अनुमति दिने घोषणा गरेको छ जसको कारण ले  नेपालमा कोरोना खोप लगाउन ढिलाई हुदै गर्दा विदेश जाने कामदारहरु मर्का मा पर्ने देखिएको छ।

भारतले विदेश जाने कामदारसमेतलाई लक्षित गर्दै १८ वर्षमाथिका सबैलाई निःशुल्क खोप दिने घोषणा गरिसकेको छ तर प्रायः रेनिट्यान्स निर्भर अर्थतन्त्र भएको नेपालमा कामदारलाई खोप लगाउने बिषयमा प्राथामिकतामा नरहदा  अन्तर्राष्ट्रिय उडान खुलेपनि महँगो टिकटले समस्यामा रहेका कामदारलाई खोपको अनिवार्यताले सास्ती दिने र लाखौं रोजगारी गुम्न सक्ने खतरा देखिन्छ ।

खोप नलगाई साउदी गएमा कामदार लाखौं खर्च गरे होटल क्वरेन्टिनमा बस्नुपर्ने बाध्यता छ । साउदीको पछिल्लो निर्णयअनुसार उक्त मुलुक जाने सबैले खोप लगाए/नलगाएको बारे जहाज टिकट लिनु पहिले नै अक्सफोर्ड एस्ट्राजेनेका, मोडर्ना, बायोएनटेकको खोप भए दुई डोज र जोनसन जोनसनको खोप भए एक डोज लगाएको अनलाइन दर्ता गर्नुपर्ने अनिवार्य गरेको छ ।

कुवेतले कारोना भाइरस (कोभिड–१९) विरुद्ध खोपको दुवै मात्रा लगाएको भएमा मात्र विदेशीलाई आफ्नो देशमा प्रवेश अनुमति दिने बताएको छ । खोपको पहिलो डोज लिएका कामदारले कुवेत प्रवेश गर्न नपाउने स्थानीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

कुवेतले खोपको मात्रा पूरा गरेका यात्रु जोखिम मुलुकको सूचीमा समोवश भएका देशबाट कुवेत गएको भएपनि क्वारेन्टिन बस्नु नपर्ने बताइएको छ । यसअघि कुवेतले खोप लगाएको भएपनि विदेशी यात्रु १४ दिने क्वारेन्टिनमा अनिवार्य बस्नुपर्ने नियम लगाएको थियो । तर खोप लगाएका विदेशीले कुवेत प्रवेश गर्दा ७२ घण्टा पहिलेको पीसीआर परीक्षणको नेगेटिभ रिपोर्ट देखाउनु पर्ने अनिवार्य गरिएको छ ।

कुवेतमा फाइजर खोपको पहिलो मात्रा लगाएका कामदारले दोस्रो मात्रा १० सातापछि र अक्सफोर्ड खोपको पहिलो मात्रा लगाएका कामदारले दोस्रो मात्रा लगाउन करिब चार महिना पर्खनु पर्ने नियम छ ।

उता यूएईले आफ्नो मुलुकले मान्यता दिएको खोपका दुवै डोज लगाएकालाई मात्र प्रवेश दिने निर्णय गरेको छ । यूएईले अक्सफोर्ड एस्ट्राजेनेका, सिनोफार्म, फाइजर, स्पुतनिक भी, बायोएनटेक गरी चार वटा खोपलाई मान्यता दिएको छ । ती मध्ये एउटा खोपको दुबै डोज लगाएका रेसिडेन्स भिसा भएकालाई यूएईले प्रवेश अनुमति दिने जनाएको छ ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

पोपुलर


Copyright © 2015 ::NA Media Pvt. Ltd.::