विदेश बाट फर्केका लाई दिईने सहुलियतपूर्ण ऋण समन्धमा सरोकारवालाहरु बीच अन्तरक्रिया।हाल सम्म कति ले दिए निबेदन??

मङ्लबार, मंसिर २५, २०७५

एनए मिडिया न्युज डेस्क

विदेश बाट फर्केका लाई दिईने सहुलियतपूर्ण ऋण समन्धमा सरोकारवालाहरु बीच अन्तरक्रिया।हाल सम्म कति ले दिए निबेदन??

बैदेशिक रोजगारी बाट फर्केकाहरु लाई लक्षित् गरि नेपाल सरकार द्वारा घोषणा गरिएको सहुलियत कर्जा को कार्यान्वयन,देखिएका चुनौतीहरु समन्धमा सरोकारवालाहरुको बृहद अन्तरक्रिया सम्पन्न भएको छ। कार्यक्रम रास्ट्रीय युवा परिषदको पहलमा २४ मङ्सिरमा  सम्पन्न भएको हो।

बैदेशिक रोजगारी बाट फर्केका नेपाली युवाहरु लाई स्वदेशमा नै उद्यमशिल तथा स्वरोजगार बनाउने उद्देश्यले नेपाल सरकारले घोषणा गरेको योजना को कार्यान्वयन को हेतु  सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि २०७५  भाद्र २१ गते मन्त्रिपरिषदबाट स्वीकृत गरी अर्थमन्त्रालय मार्फत कार्यान्वयनका लागि नेपाल राष्ट्र बैंकमा पठाएको थियो । नेपाल राष्ट्र बैंकले आवश्यक तयारीका साथ यसको कार्यन्वयनका लागि मिति २०७५ कार्तिक २० गते नेपालका क, ख, ग र घ वर्गका बैंकहरु तथा लघुवित्त संस्थाहरुका नाममा निर्देशात्मक आदेश जारी गरेको थियो । तर बैंकहरुले यस सम्बन्धमा युवा उद्यमीहरुको चाहना बमोजिम तदारुकता नदेखाएको गुनासो बढ्दै गए पश्चात रास्ट्रीय युवा परिषदको समन्वयमा  कार्यक्रम आयोजना गरिएको थियो  कार्यक्रममा  निर्देशिका कार्यान्वयनमा देखिएका समस्या तथा जटिलता के के हुन् ? हालको प्रगतिको अवस्था के रहेको छ ? बैंकहरूले किन आनाकानी गरिरहेका छन् ? साथै यस सम्बन्धमा युवा उद्यमीहरुको माग र भनाइ के रहेको छ ? भन्ने बारेमा छलफल र सहजीरकण गर्ने योजना समन्धमा छलफल भएको थियो ।

रास्ट्रीय युवा परिषदका उपाध्यक्ष श्री माधवप्रसाद ढुङ्गेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी उपाध्यक्ष डा. प्रेम दङ्गाल, युवा तथा खेलकुद मन्त्रालयका सचिव मोहन कृष्ण सापकोटा, सहसचिव गणेश प्रसाद पाण्डेय, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटी, अर्थमन्त्रालयका कर्जा विभाग हेर्ने सहसचिव उत्तरकुमार खत्री, वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका प्रतिनिधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रतिनिधि,रिटर्नि माइग्रेन्टका संयोजक उत्तम अधिकारी,महासचिब लक्ष्मी प्र आचार्य , युवा प्रतिभा तथा उद्यमी सञ्जालका सचिव ताराबहादुर स्याङ्ताङ लगायत युवा उद्यमीहरु, सञ्चारकर्मीहरु तथा मन्त्रालय र परिषदका उपसचिव लगायत अन्य कर्मचारीहरु गरी करीब ५५ जनाको उपस्थिति रहेको थियो ।

छलफल कार्यक्रममा अर्थमन्त्रालयका सह सचिब उत्तर कुमार खत्री ले योजनाको कार्यान्वयन संगै देखिने समस्याहरु समाधान गरिदै लैजाने जनाएका थिए भने नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी ले कार्यविधिको बुँदागत रुपमा व्याख्या र अस्पष्टताहरुका वारेमा स्पष्ट पार्दे युवाहरुलाइ ढुक्क भएर परियोजना प्रस्ताब लिएर बैंकमा कर्जाका लागि जान अनुरोध गर्नुभयो । उहाँले बैकहरुको चासो र चिन्तालाई नेपाल राष्ट्र बैंकले सम्बोधन गरिसकेको र युवाका उद्यम प्रस्तावहरुको प्रतिक्षामा रहेको कुरा स्पष्ट पारेका थिए।  युवा स्वरोजगार कोषका कार्यकारी उपाध्यक्ष डा.प्रेम दंगाल ले युवाको गुनासो व्यापक आउने गरेको र आगामी दिनमा ती गुनासो र माग हरुलाई सम्बोधन गर्ने गरी सरोकारवाला समेतको सहभागितामा यस्ता कार्यविधिहरु निर्माण गर्न सुझाव दिएका थिए ।

कार्यक्रममा बैदेशिक रोजगारी बाट फर्केर नेपालमा उद्यम कार्यमा लाग्न खोज्दै गरेका युवाहरु ले बैंकमा ऋण लिन जादा भोग्नु परेको समस्या र प्रक्रियागत झन्झट,असहयोग समन्धमा आ-आफो अनुभब राखेका थिए ।

विदेश बाट फर्केका युवाहरु को पहलमा विदेशबाट फर्केकाहरु को हितमा कार्य गर्ने उदेश्य ले स्थापित संस्था रिटर्नी माइग्रेन्ट का प्रतिनिधिहरु ले आफ्नो संस्था ले गर्ने लक्ष्य लिएको ठुला  परियोजनाहरु,रोजगारी सृजना समन्धमा कुरा राखेका थिए ।

कति ले आबेदन दिए ऋणको लागि ??

नेपाल सरकार ले कम्तिमा ३ बर्ष पुरा नभएको विदेश बाट फर्केका नेपालीहरु लाई सिप परिक्षण र योजनाको आधारमा बढीमा १० लाख सम्म सहुलियत पूर्ण ऋण दिने योजना सार्बजनिक गरेको थियो ।

एनए मिडिया ले अन्तरक्रिया कार्यक्रममा सहभागी रिटर्नी माइग्रेन्ट नेपालका महासचिब लक्ष्मी प्रसाद शर्मा संग नेपाल सरकारको योजना कार्यान्वयन समन्धमा कुराकानी गरेको थियो।

कुराकानीमा आचार्य ले हाल सम्म ७५० जना ले ऋण को लागि निबेदन दिएको जानकारी दिएका छन । पुष मसान्त सम्म निबेदन बुझ्ने कार्यतालिका रहेको र सो पश्चात निबेदन लाई पंजीकृत गरि थप प्रक्रियाको लागि श्रम मन्त्रालयमा पठाईने र त्यहा बाट स्वीकृत भए पश्चात ऋण दिने प्रक्रियामा निबेदन अघि बढ्ने हाल सम्मको निबेदन हेर्दा कृषि,सिपमुलक ब्यबसाय लगायत सबै प्रकृतिको कार्यको योजना समेटेर योजना पेश गरेको पाएको आचार्य ले जनाए।

सहुलियत पूर्ण ऋण योजना ले  बैदेशिक रोजगारी बाट फर्केकाहरु लाभान्वित हुने सम्भावना भएको हुँदा सफल पार्न निरन्तर लागि पर्नु पर्ने जनाउदै आचार्य ले नेपाल सरकारको योजना सहि र उचित रहे पनि ब्यबहारिक पक्षमा धेरै समस्या देखिएको र कार्यान्वयन पक्षमा ईमान्दारीपूर्वक नलाग्ने हो भने धेरै आशाबादी हुन नसक्ने र सो बैठकमा समेत आफु ले स्पस्ट रुपमा राखेको बताए। सहुलियत ऋण समन्धमा बैदेशिक रोजगारी बाट फर्केकाहरु लाई आबश्यक सहयोग गर्न आफुहरु तयार रहेको समेत उनले जनाए ।

  • समाचार सहयोग राम कृष्ण घिमिरे(नेपाल)
 

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


पोपुलर


Copyright © 2015 ::NA Media Pvt. Ltd.::