विश्वकप को लागी उपाधीको प्रबल दाबेदार ब्राजिलको टिम घोषणा

बिहिबार, कार्तिक २४, २०७९

एन ए मिडिया न्युज डेस्क

विश्वकप को लागी उपाधीको प्रबल दाबेदार ब्राजिलको टिम घोषणा

पाँच पटकको च्याम्पियन र यस संस्करणको उपाधि दावेदार ब्राजिलले फिफा विश्वकप २०२२ कतारका लागि २६ सदस्यीय अन्तिम टोलीको घोषणा गरेको छ ।

ब्राजिलका प्रशिक्षक टिटेले विश्वकप सुरु हुन झन्डै २ साता बाँकी रहँदा अन्तिम टोली सार्वजनिक गरेका हुन् । आक्रमणमा निकै बलियो देखिएको टोलीमा अनुभवी र युवा खेलाडीको सम्मिश्रण रहेको छ । पछिल्लो पटक सन् २००२ मा विश्वकप जितेको ब्राजिल २० वर्षपछि उपाधि जित्ने सुरमा हुनेछ ।

ब्राजिलले गोलरक्षकमा एडरसन मोराएस, एलिसन बेकर र वेभर्टनलाई टोलीमा समेटेको छ । डिफेन्समा अनुभवी थियागो सिल्भा र ड्यानी आल्भेससँगै मार्किन्हस, ड्यानीलो, एडर मिलिसाओ, एलेक्स टेलेस, एलेक्स सान्ड्रो र ब्रेमर टोलीमा छन् ।

मिडफिल्डमा क्यासेमिरो र फाबिन्होसँगै लुकास पाक्वेटा, फ्रेड, ब्रुनो गुइमराएस र एभर्टन रिबिएरो रहेका छन् । आक्रमणमा ब्राजिलसँग धेरै विकल्प रहेको छ । नेयमार, रिचारलीसन, भिनीसियस जुनिअर, एन्टोनि, राफिन्हा, रोड्रीगो, पेड्रो, ग्याब्रिएल जेसस र ग्याब्रिएल मार्टिनेली टोलीमा परेका छन् । लिभरपुलका रोबर्टो फिर्मिनोले भने टोलीमा स्थान बनाउन सकेनन् ।

फिफा विश्वकप २०२२ मा ब्राजिल समूह जी मा रहेको छ । ब्राजिलको समूहमा सर्बिया, स्विटजरल्यान्ड र क्यामरुन रहेका छन् । ब्राजिलले पहिलो खेल मङ्सिर ८ गते मध्यराती १२:४५ बजे सर्बियाविरुद्ध खेल्नेछ ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

Copyright © 2015 ::NA Media Pvt. Ltd.::