विश्वकप क्रिकेट मा इंग्ल्याण्ड र न्यूजिल्याण्ड जसले जिते पनि नयाँ विजेता

शुक्रबार, असार २७, २०७६

विश्वकप क्रिकेट मा इंग्ल्याण्ड र न्यूजिल्याण्ड जसले जिते पनि नयाँ विजेता

१२औं एक दिवसीय विश्वकप अन्तिम चरणमा पुगेको छ र अब सबैको ध्यान  फाइनल हुने स्थान लर्ड्समा केन्द्रित हुनेछ। जहाँ पहिलो पटक च्याम्पियन बन्ने लक्ष्यका साथ इंग्ल्याण्डले न्यूजिल्याण्डसँग खेल्नेछ। लिग चरणका दुवैको प्रदर्शनमा केही उतारचढाव आएको थियो। यसअघि लिगमा इंग्ल्याण्डले न्यूजिल्याण्डलाई हराएको थियो। किवी टोली सामु उक्त हारको बदला लिने अवसर समेत छ।

इंग्ल्याण्डले यस अघि ३ पटक फाइनल खेले पनि उपाधिको स्वाद चाख्न पाएको छैन। यस पटक घरेलु मैदानमै उपाधि राख्दै त्यो चाहना पूरा गर्न चाहन्छ। उता चार वर्षअघि अष्ट्रेलियासँग संयुक्त आयोजक बन्दै पहिलो पटक फाइनल पुगेपनि न्यूजिल्याण्ड अष्ट्रेलियासँगै फाइनलमा हारेको थियो। यस पटक त्यो हारलाई बिर्साउने प्रयासमा किवी टोली छ।

जसले जिते पनि विश्वकपमा नयाँ विजेता बन्नेछ र त्यो विश्वकप जित्ने छैटौँ राष्ट्र बन्नेछ। यसअघि अष्ट्रेलियाले सर्वाधिक ५ पटक उपाधि जित्दा वेष्ट इन्डिज र भारतले २-२ तथा पाकिस्तान र श्रीलंकाले १-१ पटक जितेका छन्।

इंग्ल्याण्ड र वेल्समा भइरहेको १२औं संस्करणको विश्वकपमा ४७ खेलपछि घरेलु टोली इंग्ल्याण्ड र न्यूजिल्याण्ड विश्वकपको फाइनलमा पुगेका छन्। पहिलो पटक उपाधि जित्ने लक्ष्यसहित यी दुई टोली आइतवार लण्डनस्थित लर्ड्स मैदानमा भिड्नेछन्।

दुवै टोलीले यसअघि फाइनल खेलेता पनि विश्वकपको उपाधि जित्न सकेका छैनन्। इंग्ल्याण्ड चौथो पटक र न्यूजिल्याण्ड दोस्रो पटक फाइनल पुगेको हो।

बिहीवार भएको दोस्रो सेमिफाइनलमा केही कीर्तिमान बने। इंग्ल्याण्डले २७ वर्षपछि पहिलो पटक फाइनलमा स्थान बनायो। त्यसका लागि कीर्तिमान ५ पटक उपाधि जितिसकेको साविक विजेता समेत रहेको अष्ट्रेलियालाई हरायो भने न्युजिल्यान्ड प्रतियोगिता को फेबरेट मानिएको इन्डिया लाई पराजित गरि फाईनल मा लगातार दोस्रो पटक स्थान बनाउन सफल भएको थियो ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


Copyright © 2015 ::NA Media Pvt. Ltd.::