
बुधबार, असार १, २०७९
कुन समूहमा को-को परे?
फिफाले कतारमा हुने विश्वकप फुटबल २०२२ को ड्र सार्वजनिक गरेको छ।
विश्वकपको पहिलो खेल नोभेम्बर २१ मा अल थुमामा स्टेडियममा ग्रुप (समूह) ‘ए’ का सेनेगल र नेदरल्याण्ड्सबिच हुनेछ। त्यसपछि आयोजक कतारले इक्वेडरसँग अल बेत स्टेडियममा खेल्नेछ।पहिलो दिन नै ग्रुप ‘बी’बाट इङ्ग्ल्याण्ड र इरान आमनेसामने हुनेछन्।
विश्वकप फाइनल क्रिसमसको एक साताअघि डिसेम्बर १८ मा दोहाको लुसेल रंगशालामा हुने तय भएको छ।आयोजकको हैसियतमा कतार प्रतियोगितामा स्वत: छनोट भएको हो।
यस्तो छ विश्वकपको ग्रुप ड्र
ग्रुप ए : कतार, इक्वेडर, सेनेगल, नेदरल्याण्ड्स
ग्रुप बी: इंग्ल्याण्ड, इरान, अमेरिका, वेल्स
ग्रुप सी: अर्जेन्टिना, साउदी अरब, मेक्सिको, पोल्याण्ड
ग्रुप डी : फ्रान्स, अस्ट्रेलिया, डेनमार्क, ट्युनिसिया
ग्रुप ई: स्पेन, कोस्टारिका, जर्मनी, जापान
ग्रुप एफ: बेल्जियम, क्यानडा, मोरक्को, क्रोएसिया
ग्रुप जी: ब्राजिल, सर्बिया, स्वीजरल्याण्ड, क्यामरुन
ग्रुप एच : पोर्चुगल, घाना, उरुग्वे, दक्षिण कोरिया
Copyright © 2015 ::NA Media Pvt. Ltd.::
तपाईको प्रतिक्रिया