वैदेशिक रोजगारीमा खाडी मुलुक गएका ४० प्रतिशत युवामा निः सन्तान समस्या

सोमवार, जेष्ठ ७, २०७५

वैदेशिक रोजगारीमा खाडी मुलुक गएका ४० प्रतिशत युवामा निः सन्तान समस्या

वीर्य संख्या २५ मिलियन हुनुपर्नेमा बढीमा १० हजारको संख्यामा.......

वैदेशिक रोजगारीमा जाने युवाहरुमा निः सन्तान (बाँझोपन) को समस्या बढी पाईएको छ । बढी काम र गर्मीका कारण खाडी मुलुकमा गएका नेपाली युवा कामदारहरुमा निः सन्तानको समस्या बढी देखिएको हो ।

आइभिएफ विषेशज्ञ डाक्टर सविना श्रेष्ठका अनुसार वैदेशिक रोजगारीमा गएका पुरुषमा सन्तान उत्पादन दर अर्थात विर्यमा कमि देखिँदै गएको छ, जसले गर्दा उनीहरु बाँझोपनको सिकार भएका छन् । विश्व स्वास्थ्य संगठनले पुरुषमा वीर्य संख्या २० मिलियन देखि २५ मिलियन हुने गर्छ । तर अहिले युवामा यो भन्दा पनि निकै कम वीर्य संख्या भएको चिकित्सकहरु बताउँछन् । वीर्य संख्या २५ मिलियन हुनुपर्नेमा वैदेशिक रोजगारमा गएका युवाहरुमा बढीमा १० हजारको संख्यामा मात्रै देखिने गरेको छ । यसले गर्दा वैदेशिक रोजगारमा गएका अधिकाशं युवा निः सन्तान बन्न बाध्य छन् ।

४० प्रतिशत युवा निःसन्तान

आइभिएफ विषेशज्ञ चिकित्सकहरुका अनुसार निः सन्तानको समस्या भएका युवाहरुमा वैदेशिक रोजगारीमा गएकाहरु बढी रहेका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै आइभिएफ विषेशज्ञ डा. सविना श्रेष्ठले निःसन्तानको समस्या लिएर सयौं युवाहरु अस्पताल आउने गरेको बताईन् । उनका अनुसार  रोजगारमा गएका युवाहरुमा निःसन्तानको समस्या ४० प्रतिशत देखिएको छ ।

डा. श्रेठको भनाइ छ , ‘यो सब हुनुको ठुलो कारण पुरुषको जीवन जीउने पद्धती र खानपान हो ।’ खाडी मुलुकमा तापक्रम बढेर ५१ डिग्री सम्म पुग्छ । तापक्रम सामान्य भन्दा बढी भयो भने वीर्य संख्या क्रमशः घट्न थाल्छ । खाडीमा लगातार तापक्रम बढी हुने भएकाले युवाहरुमा वीर्य बढ्न बन्द हुने र बाँझोपन बढेर जाने श्रेष्ठले बताइन् ।

२ करोड ५० लाख वीर्य आवश्यक, खाडी गएका युवामा १० हजार मात्रै

विश्व स्वास्थ्य संगठनका अनुसार एक पुरुषमा बच्चा जन्मनका लागि २ करोड ५० लाख वीर्य आवश्यक पर्छ । जसका लागि उक्त वीर्य ५० प्रतिशत शक्रिय हुनु पर्छ । तर, वैदेशिक रोजगारीको सिलसिलामा खाडी मुलुक गएका युवाहरुमा १० हजारको हाराहारीमा मात्रै वीर्य हुने गरेको छ । जसका कारण अधिकाशं युवाहरु निःशन्तान बन्ने गरेको डा. श्रेष्ठ बताउँछिन् ।

श्रेष्ठ भन्छिन्, ‘विवाह गरेर १० वर्ष विदेश बस्ने, बिचमा ३ महिना घर आउने गर्छन् । यो तीन महिनामा उनीहरुको वीर्य पुरानो अवस्थामा फर्किएको हुँदैन । यस्तो बेला श्रीमान र श्रीमती बिच यौन सम्पर्क भएपनि बच्चा बस्ने सम्भावन न्युन मात्रै रहन्छ ।’ स्त्री तथा प्रसुतिरोग विशेषज्ञहरुले ३० वर्षको उमेर भित्रमा बच्चा जन्माईसक्न आग्रह गरेका छन् । ३० वर्ष पुगेपछि क्रमश बच्चा हुने दर कम हुँदै जाने चिकित्सा क्षेत्रका जानकारहरुले भनेका छन् ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


Copyright © 2015 ::NA Media Pvt. Ltd.::