वैदेशिक रोजगारीमा वर्षभरि ७८० ठगीका उजुरी

बिहिबार, साउन १४, २०७८

वैदेशिक रोजगारीमा वर्षभरि ७८० ठगीका उजुरी

कोरोना महामारीमा पनि रोजगारीको खोजीमा रहेका युवा ठगिने क्रम रोकिएको छैन ।वैदेशिक रोजगारीमा जाने अधिकांश युवा गाउँघरकै दलाल, सदरमुकाम र सहरका वैदेशिक रोजगार व्यवसायी कम्पनीबाट ठगिने गरेका छन् ।

वैदेशिक रोजगार विभागका अनुसार कोरोना महामारीमा रोजगारीको खोजीमा रहेका बेरोजगारलाई वैदेशिक रोजगार कम्पनी र दलालबाट ठगिएको उजुरी लिएर धाउने क्रम रोकएको छैन ।

एक वर्षमा वैदेशिक रोजगारीको क्रममा ठगी गरेको, विदेश पु¥याएर अलपत्र पारेको, समस्याग्रस्त कम्पनीमा पठाएको, तोकिएभन्दा बढी शुल्क लिएकोलगायत ७८० वटा ठगीका उजुरी परेको जनाइएको छ । तिनमा संस्थागततर्फ ३४९ वटा र व्यक्तिगततर्फ ४३१ वटा उजुरी छन् । विभागका अनुसार सो अवधिमा संस्थागत र व्यक्तिगतबाट एक अर्ब ३२ करोड ८५ लाख बिगो दाबीसहितका उजुरी आएका छन् । जसमा संस्थागततर्फको ९७ करोड ४९ लाख ७३ हजार बिगो दाबी आएको छ भने व्यक्तिगतको ३४ करोड ५८ लाख ७८ हजार रुपियाँ बिगो दाबीको उजुरी आएको विभागले जनाएको छ ।

विभागका अनुसार सो अवधिमा विभागबाट टुङ्गो लगाउन नसकिएका १०५ वटा ठगीका मुद्दा अदालतमा दर्ता भएका छन् । विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले कोरोना महामारीमा समेत म्यानपावर कम्पनी र उनीहरूका प्रतिनिधि (एजेन्ट)बाट ठगिएको उजुरी आउने क्रम नरोकिएको जानकारी दिनुुभयो । विभागले रोजगारपीडितको समस्या हेरी उनीहरूलाई आर्थिक क्षर्तिपूर्ति भराउँदै आएको उहाँको भनाइ छ ।

आर्थिक वर्ष २०७६।७७ मा वैदेशिक रोजगारीका नाममा व्यक्तिगत र संस्थागत गरी दुुई हजार तीनवटा उजुरी विभागमा परेका थिए । जसमा संस्थागत ५१ करोड ३५ लाख र व्यक्तिगत ५४ लाख २३ लाख बिगो दाबीसहितको उजुरी विभागमा आएको थियो । विभागले आधाभन्दा धेरै बिगो प्रभावितलाई भराएको छ ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

पोपुलर


Copyright © 2015 ::NA Media Pvt. Ltd.::