
बुधबार, असार १, २०७९
सिभिल बैंक अर्बपति क्लबमा, कुन बैंकको कति?
चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म २७ वाणिज्य बैंक ले ५८ अर्ब ३३ करोड ७९ लाख रुपैयाँ खुद मुनाफा कमाएका छन्। १० महिनामा २७ मध्ये २६ बैंक अर्बपति क्लबमा छन्।
सर्वाधिक नाफा ग्लोबल आइएमइ बैंक र एनआइसी एसिया बैंकले आर्जन गरेका छन्। दुवै चार अर्बभन्दा माथि नाफा गर्ने बैंक हुन्।ग्लोबल आइएमइ बैंकले ४ अर्ब ३१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ भने एनआइसी एसियाले ४ अर्ब ११ करोड रुपैयाँ नाफा गरेको छ।
नबिल बैंक तेस्रोमा छ। नबिलले ३ अर्ब ८२ करोड रुपैयाँ नाफा गरेको छ। यसपछि राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब ४६ करोड र प्राइम बैंकले ३ अर्ब १५ करोड नाफा गरेको छ। बाँकी बैंकको नाफा तीन अर्बभन्दा तल छ।
सिभिल बैंक अर्बपति क्लबमा प्रवेश गरेको छ। बैंकले १ अर्ब ५ करोड नाफा गरेको छ। सिभिलभन्दा पछाडि लक्ष्मी बैंक ९२ करोड ८७ लाख रुपैयाँ नाफा गरेको छ।
Copyright © 2015 ::NA Media Pvt. Ltd.::
तपाईको प्रतिक्रिया