शंखरापुर,साँखुमा चलिरहेको बज्रयोगिनी माई जात्राको राैनक(तस्बिरमा हेर्नुस्)

मङ्लबार, चैत्र २०, २०७४

शंखरापुर,साँखुमा चलिरहेको बज्रयोगिनी माई  जात्राको राैनक(तस्बिरमा हेर्नुस्)

राजधानी काठमाडौं देखि उत्तरपूर्व मा अबस्थित पौराणिक एबम एतिहासिक नगरको रुपमा प्रख्यात  साँखुमा ८ दिने बज्रयोगीनि माई को जात्रा सुरु भई आज मूल जात्रा सम्पन्न भएको छ । हरेक चैते दशै पश्चात लाग्ने यो मेलामा शंखरापुर नगरको उत्तरतिर मणिचुड पर्वतस्थित गुँ विहार (बज्रयोगिनी मन्दिर)बाट बज्रयोगिनीको मुर्तिसँगै चिभा:द्य: (प्राचिन स्वयम्भु चैत्य), सिंहमुखी, बाघमुखी मुर्तिलाई खटमा बोकेर साँखु बस्तीमा ल्याउने गरिन्छ।

उपत्यकाभित्र मनाइने विभिन्न जात्रामध्ये यसलाई  प्रमुख जात्राको रुपमा हेर्ने गरिन्छ।

जात्रामा चलाखु टोल,धूल्लाटोल,ईपाटोल,सुनटोल गरि ४ टोल मा बर्सेनि पालो पालो  अबस्थीत देउताको घरमा ८ दिनसम्म राखिन्छ ।जसमध्ये मूल जात्रा को दिन रथमा राकी बोकी साँखु शहर परिक्रमा गराइन्छ। मूल जात्राका रौनक हेर्नुहोस तस्बिरमा,

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


पोपुलर


Copyright © 2015 ::NA Media Pvt. Ltd.::