शंखरापुर नगरपालिका कायम गर्न स्थानीय आन्दोलन निरन्तर रहने

बिहिबार, माघ २७, २०७३

शंखरापुर नगरपालिका कायम गर्न स्थानीय आन्दोलन निरन्तर रहने

शंखरापुर नगर नागरिक समाजको आह्वानमा स्थानीयवासीले आज बिहान ५ बजदेखि १० बजेसम्म बजार बन्द गरी गरेको बिरोध प्रदर्शनमा सरकारी पक्षबाट व्यापक दमन गरी गिरफ्तार गरिएका दर्जनौं प्रदर्शनकारीलाई हालै रिहा गरिएको छ ।

नेपाली कांग्रेस संखरापुर नगरसभापति दिलिप श्रेष्ठले आन्दोलनमा भएको हस्तक्षेपको कडा भत्र्सना गर्दै माग पूरा नभएसम्म आन्दोलन निरन्तर रहने चेतावनी दिएका छन ।

“स्थानीयवासीले स्वतस्फूर्त रुपमा आन्दोलन गर्ने क्रममा आज गरिएको बन्द आह्वानका सहभागीलाई प्रहरी दमन गरी दबाउन खोजिएको छ । तीनजना घाईतेलाई सामान्य उपचार र गिरफ्तार भएका साथीहरुलाई रिहा गरिएको भएता पनि सरकारको यो रवैया विरुद्ध माग सम्बोधन नभएसम्म आन्दोलन निरन्तर रहने छ ।” उनले भने ।

स्थानीय निकाय पुनर्संरचना आयोगले शंखरापुरलाई कागेश्वरी मनहरा नगरपालिकामा गाभ्ने निर्णयसहितको प्रतिवेदन सरकारलाई बुझाएपछि ऐतिहासिक नगर (सक्वः) साँखुको पहिचानलाई समाप्त पार्न खोजेको भनि स्थानीय जनता आन्दोलित भएका हुन् ।

स्थानीयबासीसँग कुनै छलफल नगरी केही कर्मचारीले आफुखुसी जनताको पहिचानसँग जोडिएको भूमिनामाकरणमा अतिक्रिमण गरेको भन्दै आन्दोलन गरिरहेका स्थानीय जनतालाई प्रहरीले हस्तक्षेप गरी आन्दोलनकारीलाई गिरफ्तार गरेको थियो।

प्रदर्शनमा उत्रिएका १२ जनालाई प्रहरीले पक्राउ परेपछि प्रहरी र स्थानीयबीच झडप भएको थियो । झडपका क्रममा तीन जना स्थानीय सामान्य घाइते भएका थिए भने त्यसै क्रममा स्थानीयले १० वटाभन्दा बढी सवारी साधन तोडफोड गरेका थिए ।

दलका नेताहरुले आन्दोलनको नेतृत्व सुरुमा गरेतापनि स्थानीयवासीले स्वतस्फूर्त रुपमा आन्दोलन गर्ने क्रममा आज बुधवार बन्द आह्वान गरिएको स्थानीय दिलिप कुमार श्रेष्ठले बताए ।

उनका अनुसार इन्द्रायणी पुल छेउ हजारौं जनता एकत्रित भएर जनताको पहिचानमाथि खेलबाड नगर्न आग्रह गर्दै आन्दोलन गरिरहेको अवस्थामा भएको हस्तक्षेपमा बन्द आह्वानकर्ताहरुमध्ये एलपी श्रेष्ठ, ओम कार्की, मजनेज, सुवर्ण श्रेष्ठ लगायत गिरफ्तार गरिएको थियो । यसैक्रममा तीनजना घाइते भएको र सयौं महिला र पुरुषहरु अझै आन्दोलनमा रहेको पनि उनले बताएका छन् ।

स्थानीयले शंखरापुर नगरपालिका कायम हुनुपर्ने माग सहित विरोध स्वरुप हिजो स्थनीय स्कूलहरु बन्द गरेका थिए । यस अघि सरकारी कार्यालयहरुमा तालाबन्दी र नगरपालिका र वडा कार्यालहरुमा पनि तालाबन्दी कार्यक्रम गरेका थिए ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


Copyright © 2015 ::NA Media Pvt. Ltd.::