
आइतवार, अशोज ३०, २०७९
एन ए मिडिया न्युज डेस्क
शताब्दी पुरूष सत्यमोहन जोशीको पार्थिब शरीर अध्ययनका लागि केमिकल प्रयोग गरेर राखिने भएको हो। आईतबार बिहान निधन भएका जोशीको शरीर नजलाई मेडिकल अध्ययनका लागि राखिने भएको हो ।
ललितपुरस्थित किष्ट अस्पतालले उनको शरिर १०० वर्षसम्म कस्तो अवस्थामा थियो भन्नेबारे अध्ययन, अनुसन्धान गर्नेछ । जोशीले किष्ट अस्पताललाई मरणोपरान्त शरीर इच्छा दान गरेका थिए । उनको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि अस्पताल परिसर र ललितपुर महानगरपालिका परिसरमा राखिने छ ।
किष्ट अस्पतालमा परिवार, महानगर र अस्पताल प्रशासनबीच भएको छलफलमा अन्तिम श्रद्धाञ्जलीका लागी राख्नुअघि जोशीको शवमा नसाबाट केमिकल राखिने छ ।
शरीर नगल्ने उक्त केमिकलको प्रयोग गरेर अनन्तकालसम्म जोशीको शरीर जस्ताको तस्तै रहने छ । अस्पतालले जोशीको शरीर कसरी राख्ने भन्नेबारे विस्तृतमा अध्ययन गरिसकेको छ ।
Copyright © 2015 ::NA Media Pvt. Ltd.::
तपाईको प्रतिक्रिया