शरीरको दुखाई कम गर्ने यस्ता छन् घरेलु उपायहरु

सोमवार, जेष्ठ ३१, २०७८

शरीरको दुखाई कम गर्ने यस्ता छन् घरेलु उपायहरु

दिनभरको भागदौडका कारण, भारी सामान बोक्दा, धेरै बेर एउटै ठाउँमा बस्दा, सुताई नमिल्दा,ठोकिदा जो कोहि व्यक्तिलाई पनि शरीरमा दुखाई हुन्छ । शरीरमा हुने दुखाईको पीडा बढ्दै जाँदा यसले विकराल रुप पनि लिन सक्छ । त्यसैले व्यस्तताकै बाबजुद पनि हामीले घरमै बसेर शरीरको दुखाई कम गर्न सक्छौँ ।

चेरी– जोर्नी दुखाईका लागि पछिल्लो अध्ययनअनुसार चार महिलामा एक महिला आर्थराइटिसस, क्रोनिक टाउको दुखाई तथा जोर्नी दुखाईबाट पीडित छन् । यस्ता समस्याका लागि चेरी उपयोगी मानिएको छ । चेरीलाई रातो बनाउन मद्दत गर्ने एन्थोसाइनिन्स नामक तत्व पीडा घटाउनमा सहयोगी हुन्छन् । यो आइबुफ्रेन र एस्पिरिनभन्दा १० गुणा बढी प्रभावकारी हुने बताइएको छ ।

लसून- प्रायः नेपालीको घरमा सजिलै पाइने लसुनले तपाईको शरीरको दुखाईलाई कम गर्न सक्छ । तेलमा लसूनलाई भुटेर हातगोडा वा दुखेको हाडजोर्नीमा लगाउँदा यसले दुखाईलाई कम गर्दछ । छालामा आएको खटिरामा समेत मसिनो हुने गरी पिसिएको लसून लगाइयो भने यसले दुखाई कम हुन्छ । लसुनलाई प्राचिनकालबाटै औषधिका रुपमा प्रयोग गरीन्छ ।

अंगुर-अंगुरको खाँदा मानिसमा रोगप्रतिरोधात्मक क्षमतामा विकास हुनुका साथै ढाड दुख्ने समस्याबाट समेत राहत मिल्दछ । अंगुरमा भएको पोषक तत्वले मेरुदण्ड र ढाडमा सहज रुपमा रक्तसञ्चार गराउँछ । साथै अंगुरमा भएको पौष्टिक तत्वले ढाडको दुखाइका साथै जोर्नी तथा मासंपेशीको दुखाईलाई समेत कम गराउँछ ।

गोलभेंडा जूस– खुट्टाको ऐंठनका लागि अध्ययनअनुसार ५ जनामा एकजना खुट्टाको क्र्याम्प अर्थात् ऐंठनबाट पीडित भइरहेका हुन्छन् । पोटासियमको कमीका कारण यस्तो भएको हो । यसका लागि खानामा पोटासियम समावेश गर्नुपर्छ । दैनिक गोलभेंडाको जुस पिउने हो भने यो समस्या हट्छ ।

अदुवा-अदुवालाई आयुर्वेद विज्ञानमा निकै प्राथमिकता दिइएको पाइन्छ । पोलेको अदुवा खाएमा घाँटी दुखेको निको हुन्छ भने शरीरमा चोट लागेको भागमा अदुवा दले वा पिसेर यसको लेप लगाउँदा राहत महशुस हुन्छ । साथै खानामा दैनिक अदुवाको प्रयोग गरेमा मांशपेसी, जोर्नी तथा छातिको दुखाईमा समेत नियन्त्रण पाउन सकिन्छ । ठोक्किएर सुन्निएको वा दुखेको ठाउँमा अदुवा लगाएमा यसले समेत दुखाई कम गर्छ ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

पोपुलर


Copyright © 2015 ::NA Media Pvt. Ltd.::