
शुक्रबार, पुस १६, २०७८
श्री कृष्ण श्रेष्ठ 'धौबजी'
क्यालेन्डर हेर्छु २०२१ कटेर २०२२ मा पुगेछ साल परिवर्तन भएछ नयाँ बर्ष आएछ क्यालेन्डर मा बर्ष फेरे सरि, कतै केही परिवर्तन पो भएछ कि भनेर, आफै लाई हेर्छु, आफ्नो वरिपरि हेर्छु, सारा विश्व को परिदृश्य नियाल्छु, अह, दिनचर्या पहिला समान । बाटा त्यस्तै,रुख त्यस्तै, ठिंग उभिएको भवन उस्तै साथीसङी उहीँ,उस्तै श्रमिकका पीडा,अह राजनिती त्यस्तै, नोकरी त्यस्तै, जस्तो जहाँ जो जसो थियो।। अह, टसका मस देखिएन ।। सारा मानिस आखिर खुसी पो किन हुँदा हुन, नयाँ बर्ष आयो,नयाँ बर्ष आयो भनेर ?? चाहे त्यो बिक्रम सम्बत,नेपाल सम्बत तमु ल्होसार,सोनाम ल्होसार या चाहिन्जो हिजरिक नयाँ बर्ष नै किन नहोस ।। आखिर मा तात्विक परिवर्तन केही नहुदो हो त ।। उमेर ले एक बर्ष उकालो कटेको थाहा हुँदा हुँदै नि खुसी देखिएका अनुहारका भावहरु नियाल्दा, गत बर्ष त्यस्तै भो,आउँदो साल यस्तो नहोस, यस्तो गर्नेछु भनि बुनेका अनेक सपनाहरु ।। गएको बर्ष भोगेका दु:ख,कस्ट लाई भुलेर आउदो बर्ष खुशी,सुखी हुने देखेको सपनाहरु। सामाजिक संजालमा उल्लासपुर्ण तवरले पोखिएका शुभकामनाका सन्देशहरु केलाउदै जाँदा बुझी ल्याए नयाँ बर्ष मनाउदा हर्षित हुनुका अन्तर्य, बास्तवमा, भबिस्यप्रती आशाबादी बनाउने रहेछ, केही पक्कै हुन्छ भन्ने आड भरोषा जगाउने रहेछ, गर्न सक्छु भन्ने आत्माबिश्वास जगाउन रहेछ म छु अझै भन्ने आत्माबल दिलाउने रहेछ ।। हिजो बिग्रेर के भो त भोलि सपार्छु बन्ने दिलाशा दिलाउनु रहेछ ।। सुनौलो भबिश्य को आशा जगाउनु रहेछ। आखिर मा यो साल पूरा नभए समय न हो थोडै रोकिन्छ र अर्को मौका आई त हाल्छ,आउदो साल आखिर, आशा भरोषा मा न टिकेको छ दुनिया सबैमा नयां बर्षको शुभकामना ....
Copyright © 2015 ::NA Media Pvt. Ltd.::
तपाईको प्रतिक्रिया