
बिहिबार, कार्तिक २४, २०७९
एन ए मिडिया न्युज डेस्क
नेपाल धितोपत्र बोर्डले बैदेशिक रोजगारीमा जाने नेपालीलाई आईपीओमा कोटा छुट्याउने भएको छ । बोर्डले धितोपत्र निष्कासन तथा बाँटफाँड (छैठौं संशोधन) निर्देशिका, २०७९ लागू गरी उक्त व्यवस्था कार्यान्वयनमा ल्याएको हो ।
निर्देशिका लागू भएसँगै अबदेखि आइपीओ जारी गर्ने कम्पनीले १० प्रतिशत सेयर श्रम स्वीकृति लिएर वैदशिक रोजगारीमा रहेका नेपालीहरुका लागि छुट्याउनु पर्नेछ ।
निर्देशिका अनुसार बिक्री प्रबन्धकले सर्वसाधारणहरुका लागि आइपीओ निष्कासन गर्नु अगावै १५ दिनको अवधि तोकेर आह्वानपत्र प्रकाशित गर्नुपर्नेछ ।
विदेशमा काम गर्ने नेपालीहरुले आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्थामा रहेको रेमिट्यान्स खातामार्फत आइपीओको रकम भुक्तानी गर्न सक्ने व्यवस्था गरिएको छ ।
Copyright © 2015 ::NA Media Pvt. Ltd.::
तपाईको प्रतिक्रिया