श्वेता खड्का र उनका पतिविरुद्ध सुष्मा कार्कीले दिइन् प्रहरीमा उजुरी

मङ्लबार, माघ २०, २०७७

श्वेता खड्का र उनका पतिविरुद्ध सुष्मा कार्कीले दिइन् प्रहरीमा उजुरी

श्वेता खड्काले कुटपिट गरेको भन्दै अभिनेत्री सुष्मा कार्कीले प्रहरीमा उजुरी दिएकी छन्। उनले आफूलाई गालीगलौज र कुटपिट गरेको भन्दै दरबारमार्गस्थि प्रहरी कार्यालयमा उजुरी दिएकी हुन्।

उजुरीमा पत्रमा अभिनेत्री श्वेता खड्का, उनका पति विजयेन्द्र राउत, आरती खड्का र सञ्चारकर्मी उत्सव रसाइलीले गालीगलौज तथा कुटपिट गरेको उल्लेख छ।

सुष्माले लन्डन पब क्याफेमा आफूलाई दुर्व्यवहार गरेको बताएकी छन्। प्रहरी यसबारे जानकारी लिन दुबै पक्षलाई डाकेका छन्।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

पोपुलर


Copyright © 2015 ::NA Media Pvt. Ltd.::