सक्रिय संक्रमित २५ हजार कटे पुन : लकडाउन गरिने

बिहिबार, अशोज ८, २०७७

सक्रिय संक्रमित २५ हजार कटे पुन : लकडाउन गरिने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमण दर बढेको र जोखिम कायमै रहेको भन्दै जनस्वास्थ्यका मापदण्ड लागू हुन नसक्ने सबै सेवा र व्यवसाय एक महिना बन्द गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

स्वास्थ्य सचिव तथा ईन्सिडेन्ट कमाण्ड सिस्टमका पदाधिकारीको आज बसेको बैठकले यस्तो निर्णय गरेको प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिनुभयो ।

यस्तै सक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा अहिलेको स्रोत र साधनले धान्न नसक्ने भएको भन्दै लकडाउन गर्न सरकारलाई सिफारिस गरिने भएको छ । आज नेपालमा सक्रिय संक्रमितको संख्या १८ हजार चार सय ३७ रहेको छ ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


Copyright © 2015 ::NA Media Pvt. Ltd.::