
मङ्लबार, पुस २८, २०७७
नेपाली काग्रेसका सभापति एवम पुर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सडकमा आन्दोलन गरेर ,धम्काएर आफ्नो पक्षमा फैसला गर्न लगाउने प्रवृत्ति गलत रहेको बताएका छन् । अदालतमा विचारधिन मुद्दालाई प्रभावित हुने गरेर ‘सडकमा आन्दोलन गर्ने धम्काउने हो भने त जसले बढी सडकमा मान्छे जम्मा गर्छ उसकै पक्षमा निर्णय गरे भै गो नि ।’ देउवाले भने । नेपाली कांग्रेस केन्द्रिय खेलकुद विभागद्धार सिन्धुपाल्चोकमा आयोजित प्रथम कोमलमाया–खडक बस्नेत स्मृति फुटबल प्रतियोगीतामा समापन समारोहमा मंगलबार बोल्दै सभापति देउवाले यस्तो बताएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको ससंद विघटन असबैधानिक भएपनि अदालतमा बिचारधिन मुद्दा भएकोले आफुहरु अदालतबाट आउने फैसाल स्वीकार गर्न तयार रहेको बताए । ‘अहिले मुद्दा अदालतमा बिचारधिन छ,कांग्रेस जस्तो प्रजातन्त्रीक पार्टी र देशले यसो गर,उसो गर भनेर दबाब दिन मिल्दैन ।’ उनले भने ‘अदालतले संसद पुनस्थापना गरेछ भने हामी ससंदमा सशक्त रुपमा प्रस्तुत हुन्छौ,चुनावमा जाने निर्णय गरेछ भने चुनावमा भाग लिन्छौ ।’ नेपाली कांग्रेस सधै स्वतन्त्र न्यायपलिकाको पक्षमा रहेको बताउँदै सभापति देउवाले मुद्दामा एउटा पक्षको जित र अर्काै पक्षको हार हुन्छ भन्दै आफ्नै पक्षमा न्याय दिन पर्छ भनेर आफुहरु सडक सर्घष नगर्ने देउवाले प्रष्ट पारे । ‘स्वतन्त्र निकायलाई स्वतन्त्र रुपमा नै निर्णय गर्न दिनु पर्छ,न्यायलयलाई कुनै पनि रुपमा प्रभावित बनाउनु हुदैन’ देउवाले भने । नेपाली कांग्रेसले अहिले देशभर कार्यक्रम गरिरहेको बताउँदै अहिले चुनाव भए त्यसैमा केन्द्रित हुने र नभएपनि दुइ वर्ष पछि त चुनाव हुन्छ नै भन्दै चुनावको पक्षमै भएको देउवाले बताए । उनले घुमाउरो रुपमा कार्यकर्ताहरुलाई चुनावी तयारीमा लाग्न समेत निर्देशन दिए ।
Copyright © 2015 ::NA Media Pvt. Ltd.::
तपाईको प्रतिक्रिया