सबैको आँखाको नानी प्यारी भाउजु जोया हजुर नेपाल फर्कनु पर्छ (खुल्ला पत्र)

बुधबार, भदौ १, २०७३

कृष्ण हमाल - बहराइन

सबैको आँखाको नानी प्यारी भाउजु जोया हजुर नेपाल फर्कनु पर्छ (खुल्ला पत्र)

प्यारी भाउजु जोया कुन शब्दबाट शुरु गरु सम्बोधन गर्ने शब्द नै अहिलेसम्मको शब्दकोषमा छैन | अहिले सम्म सामाजिक संजालमा जोया भाउजु प्रति सबैले दिएको माया एक प्रकारले भन्ने हो भने नेपाली दाजु भाइ तथा दिदि बहिनिहरुले दिएको स्नेहलाई सधै भरी मनमा संगालेर राख्नु होला | जीवन संघर्ष हो यसमा आफ्नो आफ्नो लडाईको पाटो हुन्छ नारिले छुट्टै साहसी संघर्ष गर्नु भयो जुन निकै यादगार बनेको छ | जोया नेपाली बुहारी , २ जना बच्चाहरु नेपाली छोरा हुन् | हदै सम्मको कानुनको समेत पर्बाह नगरी फिलिपिनस पठाउने कार्य सरासर गलत र मानबधिकार बिरोधि कदम चाल्यो नेपाल सरकारले यसमा सबैको बिमति छ |

आफ्नो कर्तब्य सम्झेर नेपाल सरकारले जोया भाउजुलाइ नेपाल फर्काएर देखाउस हामीहरुले त्यो बेला मान्ने पर्ने हुन्छ | फिलिपिन्सको छोरि, नेपालकि बुहारी, नेपालकै दुइ जना बहादुर नातीहरु माथि यति धेरै अन्याय किन ? नेपालमा बसेर सबैको मन रोएकि जोयालाइ जरिवाना आखिर किन ? बालबालिकाको क्षेत्रमा वकालत गर्नेहरु मौन छन् किन ? के जोयाका बच्चाहरु माथि बालअधिकारको हनन भएको छैन ? कता गए महिला अधिकारको कुरा गर्नेहरु ? के जोया महिला हैनन र ? आखिर गम्भीर गल्ति नेपाल सरकारले जोयाको बिदाइ गर्न किन आत्तुर भए सबै ? निकै संबेदनशिल प्रश्न खडा भएको छ ?

आन्दोलनमा मरेका भारतीयलाइ सहिद घोषणा गर्ने नेपाल सरकारले जोया प्रतिको एक इन्च पनि अभिभाबकको भूमिका देखाएन र सात लाख रुपैया जरिवाना तिरेर झन् आलोचनाको प्रमुख पात्र बन्यो, जोयाको श्रीमानलाई कानुनको कठघरामा उभाउन नेपाल सरकारले आवश्यक कदम चलोस् | जोया नेपाली भाउजु र दुइ लाई लाइ नेपाल सरकारले छिटो भन्दा छिटो ससम्मान नेपाल बोलाएर सरकारले पहल गरोस साथै उनीहरुले पाउने अधिकारको ग्यारन्टी गरोस |

जोया भाउजु हजुरले सबै नेपालीहरुको मन मुटुमा मायाको पाठ सिकाएर जानु भयो | बास्तबमै हामीहरु रोएका छौ दु:खि छौ |

अभागी देवर
कृष्ण हमाल / पोखरा
हाल / बहराइन
14018000_224011964662613_679625502_n

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


पोपुलर


Copyright © 2015 ::NA Media Pvt. Ltd.::