सम्मान मधेश,कतार को वार्षिक कार्यक्रम सम्पन्न

आइतवार, माघ १९, २०७६

सम्मान मधेश,कतार को वार्षिक कार्यक्रम सम्पन्न

सम्मान मधेश,कतार को बार्षिक कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ।फेब्रवरी १ का दिन दोहा मा कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रम को अध्यक्षता प्रताप साह द्वारा गरिएको थियो भने प्रमुख अथितिमा प्रमुख सल्लाहकार बिरेन्द्र कुमार साह रहेका थिए।बिर शहिदहरु को लागि एक मिनेट मौन धारण गरि सुरु गरिएको कार्यक्रमको संचालन देबेन्द्र ठाकुर ले गरेका थिए।

कार्यक्रम मा  गायक इन्द्रजीत यादव ,ओकिल मण्डल र मनिष मण्डल लगायत ले आ-आफ्न प्रस्तुति दिएका थिए ।कार्यक्रम मा सक्रिय पचपन्न सदस्यहरुको उपश्तीती रहेको थियो।कार्यक्रममा सबै कार्यकारिणी कमिटि सदस्यहरु लाई सम्मान पत्र द्वारा सम्मानित समेत गरिएको थियो ।

कार्यक्रम का प्रयोजक ग्लोबल  मधेशी एसोशियशन र सह प्रायोजक हेल्प मधेश लिडर इन्स्तितुत ले गरे का थिए । कार्यक्रमको अन्तमा  रात्रिभोज को आयोजना गरिएको थियो ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


Copyright © 2015 ::NA Media Pvt. Ltd.::