सम्रानी स्पोर्ट क्लव दमाम द्वारा दशैको अवसरमा अन्तर नेपाली खुल्ला भलिबल प्रतियोगिता आयोजना हुदै

आइतवार, अशोज २४, २०७८

बाल कृष्ण पंगेनी

सम्रानी स्पोर्ट क्लव दमाम द्वारा दशैको अवसरमा अन्तर नेपाली खुल्ला भलिबल प्रतियोगिता आयोजना हुदै

सम्रानी स्पोर्ट क्लव दमामले नेपालीहरुको  महान पर्व दसैको अवसर पारेर अन्तर नेपाली भलिवल प्रतियोगीता आयोजना गर्ने भएको छ ।

खेलको माध्यामबाट सम्पूर्ण नेपालीहरु विच शुभ कामना आदान प्रदान गर्ने उद्देस्य सहित आयोजना गर्न लाएको यस खेलमा प्रवेश खुल्ला रुपमा भएकोले साउदी अरवमा अवस्थित सम्पूर्ण खेल प्रेमी नेपाली क्लव तथा संघ संस्थाहरु सहभागी भई खेलको शोभा बढाउन तथा नेपालीहरुको महान पर्व विजया दसमीको शुभ कामना आदान प्रदान गर्दिन खेल संयोजक भरत गुरुङ ले एन ए मिडिया मार्फत जानाकारी गराएका छन्  ।

खेल साउदी अरवको पूर्वी क्षेत्र दमामको  ९१ स्थित अल ओज्यामी क्याम्पको पछाडी रहेको खेल मैदानमा आयोजना हुने पनि जानाकारी गराएका छन् । टिम दर्ताको लागि संयोजक ०५९३६१२७२७ भरत गुरुङ , सदस्य मोहन  श्रेष्ठ ०५८०२९०५१० , सदस्य हिक्मत गुरुङ ०५८६७३६८९ को सम्पर्क नम्बर  रहेको र दर्ताको शुल्क सा.री.३००/- रहेको तथा प्रथम पुरकार सा.री. २५५५/-,शिल्ड + मेडल + प्रमाण पत्र  दितीय पुरकार सा.री. १५५५ +शिल्ड +मेडल+ प्रमाण पत्र तृतीय पुरस्कार सा.री. ८८८+शिल्ड +मेडल+ प्रमाण पत्र  रहेको खेल उप समिति सदस्य हिक्मत गुरुङ ले जानकारी दिएका छन्  । खेल १४ अक्टुबर २०२१ साझ ०७ बजे बाट लगातार हुने तथा कुनै  फेरबदल भएमा आयोजकको तर्फबाट सोही स्थानमा निर्णय गरिने पनि क्लवका संयोजक गुरुङले जनाएका छन्  ।

खेल मर्यादित बनाउन खेलमा उपस्थित सम्पूर्णले माक्स लगाएर तथा  लागु पदार्थ सेवन नगरी भद्र तरीकाले खेल सम्पन्न गराईदिन पनि आयोजक क्लव ले  सम्पूर्णमा  बिन्ति गरेको छ ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

Copyright © 2015 ::NA Media Pvt. Ltd.::