सरकारले चीन र अमेरिकाबाट कोभिड–१९ विरुद्धको खोप खरिद प्रक्रिया अघि बढायो

शुक्रबार, जेष्ठ १४, २०७८

सरकारले चीन र अमेरिकाबाट कोभिड–१९ विरुद्धको खोप खरिद प्रक्रिया अघि बढायो

सरकारले चीन र अमेरिकाबाट कोभिड–१९ विरुद्धको खोप खरिद गर्ने प्रक्रिया अघि बढाएको छ । शुक्रबार संचारकर्मीसंग कुरा गर्दे परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले एक हप्ताभित्र खोप खरिदबारे टुंगो लाग्ने जानकारी दिएका हुन ।

चीनको सिनोफार्मसँग पहिलो चरणमा ५० लाख र अमेरिकी खोप उत्पादन कम्पनी जोन्सन एन्ड जोन्सन कम्पनीबाट ५० लाख डोज खोप खरिद प्रक्रिया अघि बढाइएको जानकारी समेत मन्त्री ज्ञवालीले दिए । खोप खरिदका लागि दुबै मुलुकका सरकार तथा खोप निर्माता कम्पनीसँग सीधै प्रक्रिया अघि बढाउने जानकारी समेत मन्त्री ज्ञवालीले दिए ।

परराष्ट्र मन्त्री ज्ञावलीले भारतबाट १७ लाख डोज खोपका लगि उच्च तहमा कुरा भएको जानकारी दिए ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

Copyright © 2015 ::NA Media Pvt. Ltd.::