सरकारी खर्चमा स्वदेश फर्काउने सम्वन्धि कार्यविधि तयार,मापदण्ड भित्र परेकाहरु लाभान्वित हुन् सक्ने

सोमवार, असार १५, २०७७

सरकारी खर्चमा स्वदेश फर्काउने सम्वन्धि कार्यविधि तयार,मापदण्ड भित्र परेकाहरु लाभान्वित हुन् सक्ने

वैदेशिक रोजगारीमा गएका तथा स्वदेश फर्किन नपाएर अलपत्र परेकाहरु मध्ये सरकारी खर्चमा स्वदेश फर्काउने सम्वन्धि कार्यविधि तयार भएको छ । सर्वोच्च अदालतले गत असार १ गते विदेशमा अप्ठ्यारोमा परेकाहरु मध्ये दूतावासले प्रमाणित गरेकाहरुलाई वैदेशिक रोजगार बोर्ड अन्तर्गतको कल्याणकारी कोषको रकमबाट स्वदेश फिर्ता गर्ने प्रवन्ध गर्न र त्यसका लागि कार्यविधि बनाउन आदेश दिएको थियो ।

सर्वोच्चको आदेश पश्चात श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एक समिति बनाई कार्यविधि तयार पारेको छ । मन्त्रिपरीषद बैठकबाट सो कार्यविधि पारीत भएमा अव सरकारी खर्चमा नै मापदण्ड भित्र परेकाहरु  स्वदेश फर्किन पाउने छन् ।

मन्त्रिपरीषदमा पठाइएको कार्यविधि अनुसार यस्तो सुविधा श्रम स्वीकृति लिएर गएकाहरुले मात्र पाउनेछन् । मन्त्रालय श्रोतका अनुसार श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गएको एक बर्ष भित्रै रोजगारी गुमाएर स्वदेश फर्किनु पर्ने अवस्थामा रहेका तथा रोजगारदाताले फर्किने टिकट समेत उपलव्ध नगराएकाहरुको फर्किने सम्पूर्ण खर्च सरकारले कोष मार्फत व्यहोर्ने व्यवस्था मिलाइएको छ । यसैगरी श्रम स्वीकृति लिएर रोजगारीका लागि गएको र एक बर्ष भन्दा बढी भएपनि श्रम स्वीकृति अवधिभित्रै रहेकाहरुको भनें फर्किने टिकटको ७५ प्रतिशत कोषले व्यहोर्ने गरी कार्यविधि तयार पारिएको छ ।

कार्यविधि मन्त्रिपरीषदले पारीत गरेपश्चात सो कार्यान्वयन हुनु अगाडीको समयमा स्वदेश फर्केकाहरुले पनि सो अनुरुपको रकम शोधभर्ना पाउने छन् । तर त्यसका लागि नियोगले प्रमाणित गरेको हुनुपर्नेछ ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


Copyright © 2015 ::NA Media Pvt. Ltd.::