सलाम एयर ले सेप्टेम्बर २७,२८ मा रियाद बाट उडान भर्ने

शुक्रबार, अशोज ९, २०७७

सलाम एयर ले सेप्टेम्बर २७,२८ मा रियाद बाट उडान भर्ने

सलाम एयर ले साउदी अरबको रियाद बाट काठमाडौं उडान गर्ने भएको छ। उडान २७,२८ सेप्टेम्बर मा हुने छ।

नेपाली दुताबास ले प्रेसित गरेको सुचना अनुसार नेपाल सरकार संस्कृति पर्यटन तथा उड्डयन मन्त्रालय को पत्राचार अनुसार Salam Air  ले रियाद बाट कर्पोरेट(कम्पनी) समेत गरि उडान गर्ने छ ।उडान को भाडा डर नेपाल सरकार ले पुर्बबत निर्धारण गरे बमोजिम युएस डलर ४५६/- सारि १७५०/- रहने जनाईएको छ ।

उडान गर्दा सतप्रतिशत यात्रु पिसिआर नेगेटिभ भएको लाई प्राथामिकता दिन समेत आग्रह दुताबास ले गरेको छ ।पिसिआर नेगेटिभ रिपोर्ट नभएमा नेपाल सरकार ले तोके बमोजित ७ दिन होटेल क्वारेन्टाइन बस्नु पर्ने नियम रहेको छ।

दुताबास ले Salam Air को टिकटको लागी साउदी अरबमा पूर्ण सारु(०५९७६६३१७७/०५८२४३७१०२) र नेपालमा Sealink travels & tours (००९७७१४४३४९००/००९७७१४४२७५८७/००९७७१४४२८८९२)मा मा सम्पर्क गर्न जनाएको छ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


Copyright © 2015 ::NA Media Pvt. Ltd.::