सहयोगी नेपाली एकता समाज साउदी अरेबिया द्वारा धर्मनाथ पासवान सहोगार्थ अभियान

मङ्लबार, अशोज ९, २०७५

एन ए मिडिया न्युज डेस्क

सहयोगी नेपाली एकता समाज साउदी अरेबिया द्वारा धर्मनाथ पासवान सहोगार्थ अभियान

यहि सेप्टेम्बेर २८ तारिक सहयॊग रकम हस्तान्तरण गरिने

दम्माम

सहयोगी नेपाली एकता समाज साउदी अरेबिया द्वारा यहि आउदो सेप्टेम्बेर २८ तारिक का दिन एक बिशेष कार्यक्रम को आयोजना गरि बिगत २ वर्ष अघि देखि साउदी अरब मा सडक दुर्घटनामा परेरअस्पताल को जिबन बिताई रहेका धर्मनाथ पासवान लाई सहयोग हस्तान्तरण गर्ने भएको छ।एन ए मिडिया लाई प्राप्त जानकारी अनुसार उक्त कार्यक्रम नेपाल राजदुताबासको उपस्थितिमा बिभिन्न संघ संस्था का प्रतिनिधि हरु माझ दुबई मार्केट अल्जाफिन स्पोर्ट्स क्लब मा शुक्रबार बिहान १० बजे आयोजना गरिदै छ।

बृद्ध बुबा,आमा तथा ४ छोरी १ छोरा लगाएत श्रीमती रहेका पिडित धर्मराज पासवान परिवार को एक मात्र साहारा हुन् उनि साउदी अरब आएको ८ महिना पछि नै सडक दुर्घटना मा परेका थिए।हाल उनि अल हासाको किंग फाहद हस्पिटलमा उपचारार्थ छन् भने उनको बाया हात र खुट्टा चल्दैन।

गत बक्र इदको छुट्टीको समयमा सहयोगी नेपाली एकता समाज का सस्थापक अध्यक्ष श्री खेम राज भट्ट अस्पतालमा आफै गएर धर्मनाथ पासवान भेटे पछि उनको दयनिय अवस्था देखेर धर्मनाथ पासवान सहोगार्थ अभियान सुरु गरेका थिए।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


पोपुलर


Copyright © 2015 ::NA Media Pvt. Ltd.::