साँखुमा माधवनारायणको व्रत बस्न कोभिडविरुद्धको खोप,पिसिआर अनिर्वाय

बुधबार, पुस १४, २०७८

'धौबजी'

काठमाडौं को उत्तरपूर्वमा अवस्थित एतिहासिक नगर साँखु को शालीनदीमा प्रत्येक वर्ष पौष शुक्ल पुर्णिमा देखि माघ शुक्ल पुर्णिमा सम्म बसिने एक महिने माधबनारायण को ब्रत बस्न चाहने ले अनिवार्य रुपमा पीसीआर परिक्षण नेगेटिभ रहेको हुनुपर्ने मापदण्ड तोकिएको छ।

शंखरापुर नगरपालिका वडा नं ७ स्थित शालीनदीको किनारमा बसिने माधवनारायण व्रत आगामी माघ ३ गतेदेखि सञ्चालन हुने  छ।

शालीनदी मा बसिने ब्रत ब्यबस्थापन गर्न बनेको संस्था माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिले सुचना जारी गरि  माधवनारायणको व्रतका लागि कोभिडविरुद्धको खोप अनिर्वाय गरेको छ।

समितिका अध्यक्ष मिजेन्द्रकाजी श्रेष्ठ का अनुसार व्रत बस्न इच्छुक भक्तजनले अनिवार्यरूपमा छातीको एक्स–रे र निमोनियाको जाँच गराएको रिपोर्ट साथमा लिएर आउनुपर्नेछ साथै  १६ देखि ६० वर्ष उमेर समूहकालाई मात्र व्रतालुका रूपमा स्वीकारिने समितिले जनाएको छ।

अध्यक्ष श्रेष्ठका अनुसार सम्पूर्ण स्वास्थ मापदण्ड अपनाई गत वर्ष जस्तै यस वर्ष पनि  मेला सञ्चालन गरिने तयारीमा समिति र स्थानीयबासी रहेको जनाए ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

Copyright © 2015 ::NA Media Pvt. Ltd.::