साउदीअरवको जेद्दामा रहेको महाबाणिज्य दुतावासमा का.बा. महावाणिज्यदुत शत्रुघन पोखरेल र श्रम सहचारिमा प्रेम प्रसाद उपाध्याय नियुक्त

सोमवार, अशोज १९, २०७७

बाल कृष्ण पंगेनी

साउदीअरवको जेद्दामा रहेको महाबाणिज्य दुतावासमा का.बा. महावाणिज्यदुत शत्रुघन पोखरेल र श्रम सहचारिमा प्रेम प्रसाद उपाध्याय नियुक्त

तस्वीर:बिष्णु न्यौपाने

साउदी अरवको जेद्दामा आगमन संगै गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरवले गर्यो स्वागत  ।

साउदी अरवको जेद्दामा रहेको महाबाणिज्य दुतावासमा केही महिना देखि रिक्त रहेको महाबाणिज्यदुत र श्रम सहचारी पुन नया नियुक्ति भएको  छ । नियुक्ति मा शत्रुघन पोख्रेल का.वा.महाबाणिज्यदुत र श्रम सहचारिमा प्रेम प्रसाद उपाध्याय रहेका छन्  ।

नव आगन्तुक का.वा बाणिज्यदुत  पोखरेल  तथा श्रम सहचारी  उपाध्यायलाइ गैर आवासीय नेपाली संघ (एन .आर .एन.ए.) केन्द्रिय समिति तथा जेद्दा  क्षेत्रका प्रतिनिधिको उपस्थिति  तथा दुतावासका  सम्पूर्ण कर्मचारीको उपस्थितिमा स्वागत गरिएको थियो । कार्यक्रम ४ अक्टुबर २०२० को दिन महावाणिज्यदुतावास जेद्दामा अनौपचारिक रुपमा भएको जानाकारी  गैर आवासीय नेपाली संघ साउदी अरवका प्रवक्ता बिष्णु न्येउपानेले एन ए मिडियालाई दिए ।

 

कार्यक्रममा गैर आवासीय नेपाली संघ साउदी अरवका वरिष्ट उपाध्यक्ष धुर्व कुमार रिजाल ,प्रवक्ता बिष्णु नेउपाने तथा आरसी सी जेद्दाका पदाधिकारीहरुले स्वागत मन्तव्यमा नव आगन्तुक का.बा महावाणिज्यदुत श्री शत्रुघन पोखरेल र श्रम सहचारी श्री प्रेम प्रसाद उपाध्यायलाई कार्यकाल सफलताको शुभ कामना  साथै  गैर आवासी नेपाली संघको महावाणिज्य दुतावास संग  हुने हरेक भूमिका र क्रोनाको कहरमा नेपाली समुदायले भोगेका पिडामा एन.आर.एन.ए. साउदीले नियोग संग सहकार्य गरेर खेलेको भूमिकाको बारेमा स्पस्ट पारेका थिए  ।

स्वागत मन्तब्य पश्चात आफ्ना भावी योजना बारे प्रष्ट पार्दै श्रम सहचारी श्री प्रेम प्रसाद उपाध्यायले  साउदी अरव नेपालीहरुको भारी सख्याको श्रम गन्तव्य रहेको हुनाले यहा आउने श्रमिक अरु दक्ष र क्षमतावान बनाउने तथा न्युनतम पारिश्रमिकलाई चुस्त बनाउदै श्रमिकको हक हित लगाएत स्वास्थ्य ,बिमा र सुरक्षाको निम्ति सबै संघ सस्थाको साथमा समन्वय गरि  बैदेशिक रोजगारलाई व्यवस्थित बनाउन लागि पर्ने प्रतिबद्दता जाहेर गरेका थिए ।

आफ्नो भावी कार्य योजनाको बारेमा बोल्दै का.बा माहावाणिज्य दुत श्री शत्रुघन पोखरेलले हरेक कार्यहरुलाई सम्पादन गर्नको निम्ती दुताबासले गर्नुपर्ने काम कर्तब्य र जिम्मेवारीलाई हामी पनि छौं भनेर स्वच्छ र समाज सेवाको भावले हौसला उत्प्रेरणा दिएकोमा हार्दिक कृतज्ञता प्रकट गर्दै सरकारले कुनैपनी संघसंस्थाको सहयोग बिना सफलता हात पार्न सक्दैन तेसैले यहाँहरुको सहयोगमा पारदर्शी ढंगले अगाडि बढ्नेछौं। जागिर भन्दा कर्तब्य सम्झेर व्याबहारिक जिबन भन्दा माथि उठेर जसरी यहाँहरुले योगदान गर्नु भएको छ त्यसरिनै श्रमिकहरुको हकहित, सुरक्षा र न्यायको निम्ती कार्यगर्ने प्रतिबध्दता व्यक्त गर्नुभएको थियो ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


Copyright © 2015 ::NA Media Pvt. Ltd.::