साउदीको दमाम तथा रियाद बाट हुने उडान तालिका सार्वजनिक

शनिबार, अशोज १०, २०७७

साउदीको दमाम तथा रियाद बाट हुने उडान तालिका सार्वजनिक

साउदी अरबको रियाद तथा दमामबाट काठमाडौंका लागि ३० वटा नियमित उडान हुने भएको छ। साउदीस्थित नेपाली दूतावासले एक सूचना जारी गर्दै थप उडान हुने जनाउँदै उडान तालिका सार्वजनिक गरेको हो ।

दूतावासका अनुसार नेपाल एअरलाइन्सले अक्टोबर ३,४,७,९ र १० तारिखमा रियादबाट उडान हुने जनाउँदै नेपाल जानका लागि टिकट लिन सकिने जनाएको छ । यसैगरी हिमालय एअरलाइन्सले दमाम बाटै सेप्टेम्बर अक्टोबर १ देखि २४ तारिख सम्म हरेक दिन गरि २५ वटा उडान हुने जनाएको छ । साउदी अरबबाट पीसीआर परीक्षण गरेर नेपाल जाने यात्रुले ७२ घण्टाभित्रको पीसीआर नेगेटिभ रिपोर्ट समेत साथमा लिनुपर्ने जनाएको छ ।

यात्रुले उडान समयको ७२ घण्टाभित्रको पीसीआर नेगेटिभ भएको प्रमाण र कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रको वेबसाइटमा राखिएको अनलाइन इन्ट्री फारम भरेर तत्पश्चात उत्पन्न हुने बारकोड वा प्रिन्ट कपी अनिवार्य रुपमा लिएर जानुपर्ने सूचनामा उल्लेख छ।

पीसीआर परीक्षण नगरी स्वदेश फर्किने यात्रुहरुले नेपाल पुगेपछि ७ दिनसम्म आफ्नै खर्चमा होटल क्वारेन्टाइनमा बस्नुपर्ने दूतावासले जनाएको छ । होटल क्वारेन्टाइनमा बस्ने शुल्क तिर्दा अनिवार्य रुपमा यात्रुहरुलाई रसिद लिन दूतावासले अनुरोध गरेको छ ।

टिकट दिँदा भिसा सकिएका तथा सकिन लागेकाहरुलाई बढी प्राथमिकता दिन ट्राभल एजेन्सी संग  दूतावासले अनुरोध गरेको छ  साथै नेपाल सरकारको पछिल्लो पत्रअनुसार सेप्टेम्बर २७ र २८ तारिख सलाम एअरले रियादबाट उडान गर्ने समेत दूतावासले जनाएको छ ।

सो उडानको भाडादर नेपाल सरकारले निर्धारण गरे बमोजिम १७५० साउदी रियाल नै हुने दूतावासले जनाएको छ ।

यसअघि दूतावासले सार्वजनिक गरेको उडान तालिका अनुसार नेपाल एअरलाइन्सले सेप्टेम्बर २८ तारिखमा दमामबाट उडान गर्नेछ । यसैगरी, हिमालय एयरलाइन्सले सेप्टेम्बर २६ र २९ तारिखमा रियादबाट उडान गर्ने जनाएको छ ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


Copyright © 2015 ::NA Media Pvt. Ltd.::