साउदीमा नेगेटिभ, खोटाङमा पोजेटिभ

सोमवार, असार १५, २०७७

साउदीमा नेगेटिभ, खोटाङमा पोजेटिभ

रुपाकोटमा सिलबन्दी...

कोरोना संक्रमितहरु भेटिएपछि खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ का केही स्थानहरु अनिश्चितकालका लागि सिल गरिएका छन् ।स्थानीय प्रशासनका अनुसार दिक्तेल रुपाकोट मझुवागढीमा साउदी अरबबाट आएका ३८ वर्षीय पुरुष, भारतबाट आएकी २८ वर्षीय गर्भवती महिला, कुवेतबाट आएकी २५ वर्षीय एक जना महिला, भारतबाट आएका १८ वर्षीय एक युवकमा संक्रमण पुष्टि भएको हो ।

जिल्ला कोभिड व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठकले अर्को सूचना जारी नभएसम्मका लागि वडा नम्बर २ को अलछेढुंगा हुँदै बेंसी टोल नेर्पा जाने बाटोको डाँडागाउँ साकेलाथानसम्म दायाबाँया १०० मिटरभित्र पर्ने क्षेत्र/बस्ती सिल गरिएको सहायक प्रमुख जिल्ला अधिकारी श्यामकुमार राईले जानकारी दिए।

एकजना साउदी अरेबियाबाट पीसीआरको नेगेटिभ रिपोर्ट लिएर आएका थिए । रुपाकोट आएपछि पाँच दिनपछि उनको आरडीटी जाँच गरिएको थियो, त्यसमा पनि नेगेटिभ रिपोर्ट आएको थियो । तर, उनीबाट संकलन गरिएको स्वाबबाट पीसीआर जाँच गराउँदा पोजेटिभ रिपोर्ट आयो र त्यसैगरी रुपाकोटमा भारतबाट एकजोडी श्रीमान् श्रीमती फर्किएका थिए । श्रीमती गर्भवती भएका कारण होम क्वारेन्टाइनमा पठाइएको थियो । उनीहरुको पनि पीसीआर जाँच गराउँदा श्रीमतीको रिपोर्ट पोजेटिभ देखिएको छ  ।

साउदी अरबबाट आएका ३८ वर्षीय पुरुष असार ६ गते क्वारेन्टिनमा बसेको भएपनि उनी असार ११ गते घर गएका उनले बताए । उनले भने, ‘साउदी अरबबाट आउँदा नै उहाँले पीसीआर परीक्षणको रिपोर्ट ल्याउनु भएको रहेछ । पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ भएका कारण हामीले आरडीटी परीक्षण गराएका थियौं । त्यो रिपोर्ट पनि नेगेटिभ आएपछि पीसीआर परीक्षणका लागि स्वाब संकलन गरेर असार ११ गते घर पठाएका थियौं । तर उहाँको पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आयो ।’

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


Copyright © 2015 ::NA Media Pvt. Ltd.::