साउदीमा नेपाल भ्रमण बर्ष २०२० को प्रचार प्रसार सहित दशैँ,तिहार,नेपाल सम्बत एवं छठ पर्बको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

शनिबार, अशोज १८, २०७६

'धौबजी'

साउदीमा नेपाल भ्रमण बर्ष २०२० को प्रचार प्रसार सहित दशैँ,तिहार,नेपाल सम्बत एवं छठ पर्बको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

प्रबासी नेपाली एकता मंचको आयोजना....

साउदी अरबमा नेपालीहरुको महान पर्ब दशैँ साथै तिहार,नेपाल सम्बत एवं छठ पर्ब को शुभकामना आदान प्रदान कार्यक्रम आयोजना सम्पन्न भएको छ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को प्रबास संगठन प्रबासी नेपाली एकता मंचको आयोजनामा हिजो शुक्रबार रियाद स्थित रमदा होटेलको सभा हलमा कार्यक्रम आयोजना गरिएको थियो ।

नेपाल भ्रमण बर्ष,२०२०(भिजिट नेपाल,२०२०) को प्रबर्धन गर्ने मूल लक्ष्य घोषित गरेर आयोजित कार्यक्रमको सभापतित्व मंचका अध्यक्ष शिब राज जैसी(रविकिरण),प्रमुख अथिति नेपाली राजदुत महामहिम प्रा.डा महेन्द्र सिंह राजपुत,बिशेष अथितिहरु मा नियोग उपम्रमुख दिलिप पौडेल,श्रम सहचारी अम्बिका प्र अधिकारी एवं अथितिहरुमा एनए मिडियाका प्रधान सम्पादक श्री कृष्ण श्रेष्ठ,नेपाली जनसम्पर्क समिति,साउदी अरबका अध्यक्ष दिपक रेग्मी,अन्तर संस्था समन्वय समिति,रियाद शाखा का अध्यक्ष अमृत पौडेल,नेपाली साझा मंचका अध्यक्ष बिष्णु घिमिरे,एनआरएनए एनसिसि उपाध्यक्ष भोला पौडेल,कास्की समाजका अध्यक्ष अमर सापकोटा,अन्तर्राष्ट्रिय साहित्य समाज,साउदी अरबका अध्यक्ष नमराज लामिछाने,जिफन्ट साउदी अरबका अध्यक्ष बुद्दिमान बिश्वकर्मा,नेपाली एकता समाजका अध्यक्ष खेम राज भट्ट,दलित एकता संजालका अध्यक्ष देबेन्द्र बिश्वकर्मा,प्रबासी नेपाली एकता मंच रियाद क्षेत्र प्रमुख सल्लाहकार प्रदिप केसी,मिथिला एकता समाज,साउदी अरबका अध्यक्ष बिपिन पाठक,सिटि एक्सप्रेसका कन्ट्री मेनेजर जितेन्द्र थपलिया,ग्लोबल आईएमई का कन्ट्री मेनेजर राम बहादुर थापा,नेपाल इन्भेस्टमेन्ट बैंकका कन्ट्री मेनेजर निरज सिंह,पारिवारिक समाजका कोषाध्यक्ष मदन ओडारी साथै प्रवासी नेपाली मंच का पूर्ब अध्यक्ष बलराम गिरी,प्रगतिशिल मंच का पुर्ब अध्यक्ष कमल शाही निर्मल  लगायतका  रहेका थिए ।

नेपाली राष्ट्रिय गान सहित सुरु भएको कार्यक्रममा पानसमा बती बालेर उद्घाटन गरिएको थियो।मंचका सचिब अमर श्रेष्ठ ले संचालन गरेको कार्यक्रममा सदस्य बाबुलाल बुढा ले स्वागत मन्तब्य राखेका थिए । नेपालीहरु ले मनाउने चाड पर्बको शुभकामना कार्यक्रम रहे पनि कार्यक्रमको मुख्य आकर्षण संस्थागत रुपमा नेपाल सरकार,दुताबासको आह्वान लाई स्वीकार गर्दै भिजिट नेपाल २०२० सफल बनाउन प्रचारात्मक कार्य रहेको देखिन्थ्यो ।

आयोजक ले अथितिहरुलाई खादा ब्याच को पूर्व प्रचलन भन्दा भिन्न रहेर भिजिट नेपालको लोगो र संदेश भएको टिसर्ट ले स्वागत गरिएको थियो भने संस्थाका सदस्यहरु लाई लोगो र संदेश सहित संस्थाको नाम अंकित टिसर्ट उपलब्ध गराईएको थियो । कार्यक्रमको रौनकता अझ तब थपियो जब कार्यक्रम संचालक ले  समय दिएर नै प्रमुख अतिथि लगायत सबै लाई प्रचारात्मक टिसर्ट लगाउन अनुरोध गरियो र सो अनुसार पुरै सभा हल भिजिट नेपालको लोगो र संदेशमय देखिएको थियो ।

कार्यक्रममा अथितिहरु ले चाडपर्ब को शुभकामना संदेश सहित भिजिट नेपाल सफल बनाउन आ आफ्नो स्थानवाट लाग्नु पर्ने मा जोड दिएका थिए । प्रमुख अथिति नेपाली राजदुत महामहिम प्रा.डा महेन्द्र सिंह राजपुत ले पर्यटन को बहुआयामिक पक्षमा प्रकाश पार्दै भिजिट नेपाल,२०२० सफल बनाउन सबै लाग्नु पर्ने मा जोड दिएका थिए र सो को लागि नेपाली दुताबास ले आगामी दिनमा थप कार्ययोजना ल्याउन लागेको जनाएका थिए ।

नेपाल सरकार ले २० लाख पर्यटक भित्र्याउने लक्ष्य सहित घोषणा गरेको भ्रमण बर्ष २०२० लाई सफल बनाउन साउदी अरबमा संस्थागत रुपमा पहल हुनु लाई सकारात्मक मान्नु पर्दछ।समग्र देशको योजना भएको ले सफल बनाउन सबै लाग्नु पर्ने मा सायदै दुई मत होला....

साउदी अरबको परिप्रेक्ष्यमा प्रबासी नेपाली एकता मंच ले संस्थागत रुपमा समेत सुरु गरेको पहल लाई अन्य संस्थाहरु ले एकल वा सामुहिक रुपमा,अझ कार्यक्रममा देखिएको उत्साह लाई हेर्दा खेरि संघ संस्थाहरु ले आफ्नो मूल योजनामा भिजिट नेपाल २०२० को प्रबर्धन लाई राख्नेछन भन्ने बिश्वास लिने प्रशस्त आधारहरु निर्माण भएको भन्ने तर्क जुन कार्यक्रमको मूल सफलता हो भन्ने आशय सहभागीहरुको रहेको देखिन्थ्यो ।जसलाई सकारात्मक सुरुवात मान्न सकिन्छ...

जय होस...

(फोटो फिचर) कृपया थप फोटोको लागि एनए मिडियाको फेसबुक पेज मा भिजिट गर्नु हुन् आग्रह छ...

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


Copyright © 2015 ::NA Media Pvt. Ltd.::