साउदीमा भारत, ब्राजिल र अर्जेन्टिनालाई  यात्रा प्रतिबन्ध कायमै

बिहिबार, अशोज २९, २०७७

साउदीमा भारत, ब्राजिल र अर्जेन्टिनालाई  यात्रा प्रतिबन्ध कायमै

साउदी अरबले आफ्नो देशमा केही देशबाट आउने यात्रामाथि यसअघि देखि लगाइएको प्रतिबन्धलाई कायमै राखेको जनाएको छ ।

कोभिड १९ को सङ्क्रमणको कारण देखाउँदै साउदी अरबले दुई हप्ता अघिदेखि सो यात्रा प्रतिबन्धको घोषणा गरेको प्राप्त समाचारमा जनाइएको थियो ।उक्त यात्रा प्रतिबन्ध निर्देशिकामा हालका लागि लगाइएको र त्यसलाई निरन्तरता दिइएको छ । तर त्यो प्रतिबन्ध कहिलेसम्म जारी राख्ने भन्ने बारेमा भने केही बताइएको छैन ।

भारत, ब्राजिल र अर्जेन्टिनालाई साउदी अरबले प्रतिबन्ध लगाएको हो । त्यसैगरी ती देशका साउदी अरवका नागरिकलाई पनि जान नदिनइने गरी उडान पनि बन्द गरेको बताइएको छ ।तर यो यात्रा प्रतिबन्धमा सरकारी कामकाज र यसका लागि गरिने आमन्त्रणहरुलाइ भने समावेश गरिएको छैन ।पछिल्लो समयमा त्यहाँ कोभिडका सङ्क्रमित बढ्दै गएपछि यो प्रतिबन्धको घोषणा बुधबारदेखि लागू हुने गरी गरिएको छ ।

साउदी अरबमा तीन लाखभन्दा बढी कोरोना भाइरसका सङ्क्रमितहरु रहेका बताइएको छ । यहाँ पछिल्ला दिनहरुमा पनि ठूलो संख्यामा सङ्ंक्रमितहरु देखिन थालेका छन् ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


Copyright © 2015 ::NA Media Pvt. Ltd.::