
आइतवार, भदौ १२, २०७९
श्री कृष्ण श्रेष्ठ 'धौबजी'
नेपाली नारीहरु को महत्वपूर्ण पर्व हरितालिका तिज साउदी अरबमा भब्य रुपमा मनाईएको छ।तिजको अबसर मा साउदी अरबको रियाद र दमाममा शुक्रबारका दिन कार्यक्रम आयोजना गरिएको थियो ।
हरितालिका तिज ब्रत भदौ १४,मंगलबार मनाईने छ। साउदी अरबमा बिदा को दिन कार्यक्रम गर्नु पर्ने भएको ले केहि दिन पहिला नै मनाईएको हो।
पारिवारिक समाज,साउदी अरबको आयोजनामा रियादमा तिज बिसेष तथा पाँचौ बार्षिक उत्सब कार्यक्रम आयोजना गरिएको थियो।समाजका अध्यक्ष अमृत पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अथिति नेपाली दुताबासका द्वितीय सचिब टिकाराम पोखरेल रहेका थिए समाजका सचिब जितेन्द्र थपलिया ले संचालन गरेको कार्यक्रममा कोषाध्यक्ष अमर सापकोटा ले समाजको आय व्यय विवरण पेश गरेका थिए।
बाक्लो संख्यामा नेपाली चेलीहरुको उपश्तिती रहेको कार्यक्रममा स्थानीय कलाकारहरु ले सांगीतिक प्रस्तुती प्रस्तुत गरेका थिए साथै लक्की ड्र गरि उपहार वितरण गरिएको थियो।कार्यक्रम समापन पश्चात नेपाली चेलीहरु लाई दर खुवाईएको थियो।
साउदी अरबको पुर्बी क्षेत्र दमाममा नेपाली दिदीबहिनी समूह साउदी अरबको आयोजनामा तिज रंगिन उत्सव भब्य र सभ्य रुपले सम्पन्न गरेको छ।
कार्यक्रमको सभापतित्व समूहका अध्यक्ष तुलसी माया गुरुङ गरेका थिए नेपाली दुताबास पुर्बी क्षेत्र स्थानीय कर्मचारी नारायण पासवानको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा बिभिन्न संघ संस्था का प्रतिनिधिहरु अथितिको रुपमा रहेका थिए ।
कार्यक्रममा दिदीबहिनी टोलीको तीज नृत्य तथा स्थानीय कलाकारले प्रस्तुतिले थप रौनकता थपेको थियो कार्यक्रम मा नेपाली चेलीहरु लाई दर खुवाई तिजको शुभकामना दिईएको थियो।
Copyright © 2015 ::NA Media Pvt. Ltd.::
तपाईको प्रतिक्रिया