साउदी अरबको पूर्वी क्षेत्रबाट ५४ वटा अबैधानिक नेपालीहरुको निवेदन संकलन, थप सुचना जारी नहुन्जेल प्रत्येक शुक्रबार निवेदन संकलन कार्य जारी रहने।

शनिबार, माघ ११, २०७६

एन ए मिडिया न्युज डेस्क

साउदी अरबको पूर्वी क्षेत्रबाट ५४ वटा अबैधानिक नेपालीहरुको निवेदन संकलन, थप सुचना जारी नहुन्जेल प्रत्येक शुक्रबार निवेदन संकलन कार्य जारी रहने।

दम्माम, साउदी अरब।

साउदी अरब स्थित नेपाली दुताबासले अबैधानिक रुपमा रहेका नेपालीहरुको  फिर्तीमा सहजता प्रदान गर्न साउदी अरबको विभिन्न शहरहरु मा सेवा बिस्तार गरेको छ।सोही अनुरुप गत बिहीबार साउदी अरबको पुर्वी क्षेत्र जुबेलमा र शुक्रबार बिहान दम्मामको सिको गार्डेन तथा प्यारागन होटलमा अबैधानिक रुपमा रहेका नेपालीहरु को निवेदन संकलन गरिएको थियो।

नेपाली दुतावासबाट प्राप्त सुचना अनुसार जुबेलबाट १८ वटा तथा दम्माम बाट ३६ गरि कुल ५४ वटा निबेदन संकलन गरिएको छ। साथै अर्को सुचना जारी नहुदाँ सम्म प्रत्येक शुक्रबार बिहान ९ बजे देखी ११ बजे सम्म दम्मामको सिको गार्डेन स्थित फ्लाई एण्ड फ्लाईको कार्यालयमा निवेदन संकलन कार्य जारी रहने नेपाली दुतावास रियादका पूर्वी क्षेत्रका स्थानिय कर्मचारी हरि घिमीरेले एन ए मिडीयालाई जानकारी दिए।

जुबेलको हकमा पनि एभरेष्ट होटलमा गई बुझ्न सकिने तथा एन ए मिडीया द्वारा समाजसेवी बर्ष ब्याक्तित्व २०१८ घोषित भएका समाजसेवी मुस्ताक मदानीलाई सिधै सम्पर्क गर्न सकिने पनि घिमिरेले जानकारी दिए।साथै रियादमा हरेक शुक्रबार दिनको १ देखि ४ बजेसम्म खुला रहने छ।

दम्माममा हिजो फर्म संकलन गर्दा एनएमिडीया ले प्रतक्ष्य प्रसारण गरेको थियो सोही पश्चात एनएमिडीया को आधिकारीक फेसबुक पेज तथा प्रतिनिधीहरु समक्ष साउदी अरबका बिभीन्न स्थानबाट थुप्रै जिज्ञासाहरु आईरहेका छन, एन ए मिडीयाले उक्त जिज्ञासाहरुको समाधान गर्दै सम्बन्धित ब्याक्तिहरु सँग सम्पर्क गर्नु गराउनुका साथै आवश्यक कागजातको बारेमा र फर्म कसरी भर्ने बिषयमा उचित परामर्श दिदै आईरहेको छ।

साउदी अरबमा अबैधानिक रुपमा रहेका नेपालीहरुले दुतावासले जारी गरेको सुविधा प्रति जिज्ञासा तथा सहयोग चाहिएमा एन ए मिडीयाले २४ सै घण्टा आफ्ना प्रतिनिधीहरु मार्फत सहयोग गर्नै छ।

सर्वसाधारणको सहजताको लागी एन ए मिडीयाले आवश्यक निवेदन पनि उपलब्ध गराएको छ सोही निवेदन भरेर आफू सँग भएको अकामाको प्रतिलिपि-२प्रति तथा राहदानी प्रतिलिपी २ प्रति गरि आफूलाई पाई पर्ने स्थानमा गई सम्बन्धित ब्याक्तिहरु समक्ष निवेदन बुझाउन सकिने छ।

निवेदन:

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


पोपुलर


Copyright © 2015 ::NA Media Pvt. Ltd.::