साउदी अरबको रियादमा अन्तर संस्था समन्वय समितिको तदर्थ समिति गठन,पौडेल अध्यक्षमा चुनिए

शनिबार, अशोज ११, २०७६

धौबजी

साउदी अरबको रियादमा अन्तर संस्था समन्वय समितिको तदर्थ समिति गठन,पौडेल अध्यक्षमा चुनिए

साउदी अरबको रियादमा १४ वटा संघ संस्था मिलेर अन्तर संस्था समन्वय समिति को तदर्थ समिति गठन भएको छ |समितिको अध्यक्ष मा सर्ब सम्मतिले पारिवारिक समाज का अध्यक्ष अमृत पौडेल चुनिएका छन|

अन्तर संस्था समन्वय समिति रियाद मा  पारिवारिक समाज नेपाल , मिथिला सांस्कृति समाज,नेपाली साझा मंच,सिर्जना सांस्कृतिक समुह,नेपाली श्रमिक परिवार,कास्की समाज,युवा सेवा समाज,साहित्यिक चौतारी नेपाल,दलित एकता संजाल,सहयोगी नेपाली एकता समाज,स्याङ्जा समाज,पिटी अनलाईन न्युज,लाल ईन्टरटेनमेन्ट,अन टाईम टी भी लगायतका संघ संस्थाहरु समाबेस रहेका छन|

बिहिबार घोषणा गरिएको अमृत पौडेल को अध्यक्षता गठित तदर्थ समितिमा  तदर्थ समिति को प्रथम उपाध्यक्ष  खेमराज भट्ट,द्धितिय उपाध्यक्ष  बिन्देश्वार यादब,तृतीय उपाध्यक्ष नबराज थापा,महा सचिब  नागेस तामाङ्ग,सचिब  बिष्णु घिमिरे,कोषाध्यक्ष  देबेन्द्र बिश्वकर्मा,सह-कोषाध्यक्ष  मनिष थापा,प्रबक्त्ता  बिज्ञान राई,महिला संयोजक  लक्ष्मी पौडेल,उप संयोजक  गङ्गा घिमिरे,सुचना तथा संचार संयोजक सुन्जित तामाङ्ग,लाल बहादुर शिर्पाली,राज चेम्जोङ्ग,सदस्यहरु घायल तिवारी,किशन बिश्वकर्मा,तोताराज अधिकारी,कविराज शंखर,बिपुल ढुंगाना,महेस सिंह एवं सल्लाहकारहरु मा महेश घिमिरे,जितेन्द्र थपलिया,पारस काफ्ले,रुपक वाईबा तामाङ्ग लगायत रहेका छन|

एनए मिडिया संग कुराकानी गर्दै तदर्थ समिति का अध्यक्ष अमृत पौडेल ले रियाद मा रहेका संघ संस्थाहरु  एकताबद्द रुपमा श्रमिक समस्या,नेपालमा लगानीको सम्भावना लगायत बिबिध क्षेत्रमा कार्य गर्ने सोचका साथ्  अन्तर संस्था समन्वय समिति,साउदी अरब संग प्रतक्ष्य रुपमा सल्लाह,सहमति मा ६ महिना भित्र टुंग्याउने गरि हाल लाई तदर्थ समिति गठन गरिएको जनाएका छन |कुराकानीमा पौडेल ले राजनैतिक दलका भात्री संगठन बाहेक अन्त्य छुटेका संघ संस्थाहरु सो समयावधि भित्र समाबेग गर्न प्रयास गर्ने समेत जनाए |

अन्तरसंस्था समन्वय समिति,साउदी अरबका अध्यक्ष कृष्ण पुरी ले रियादमा गठन भएको तदर्थ समिति को निर्माणमा संस्थागत रुपमा संस्थापक अध्यक्ष मोहन बिएसके लाई बिशेष जिम्मेवारी दिएको र संस्था संगको छलफल पश्चात हाल सोहि नाममा रियादमा तदर्थ समिति गठन गरिएको र बाँकी कार्यको लागि  गृहकार्य भई रहेको जनाए |आपसी सहमति पालना हुनेमा बिश्वस्त रहेको समेत उनले जनाए |

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


पोपुलर


Copyright © 2015 ::NA Media Pvt. Ltd.::