साउदी अरबको रियादमा बिजया दशमी,दिपावली,नेपाल सम्बत तथा छठ पर्बको शुभकामना आदान प्रदान कार्यक्रम हुदै

आइतवार, अशोज १२, २०७६

साउदी अरबको रियादमा बिजया दशमी,दिपावली,नेपाल सम्बत तथा  छठ पर्बको शुभकामना आदान प्रदान कार्यक्रम हुदै

भ्रमण बर्ष २०२० प्रबर्धन गर्ने उदेश्य......
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को प्रबास शाखा  प्रबासी  नेपाली एकता मंच,साउदी अरेबिया को आयोजनामा नेपालीहरुको महान पर्ब बिजया दशमी साथै  दिपावली,नेपाल सम्बत एवं   छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना हुने भएको छ।
आगामी शुक्रबार ४ अक्टोबर का दिन रियादको बथा  स्थित रमदा होटेल दिनको ११ बजे बाट कार्यक्रम सुरु हुने जनाईएको छ ।नेपाली राजदुत महामहिम प्रो.डा महेन्द्र सिंह राजपुतको प्रमुख आतिथ्यता रहने कार्यक्रममा मंच आबद्द सदस्यहरु लगायत दुताबास  परिवार लगायत साउदी अरबमा क्रियाशील संघ संस्था,ब्यबसायी,बुद्धिजीवी,मिडियाकर्मी हरु एवं बिभिन्न पेशा ब्यबसायमा आबद्द रहेकाहरुको उपश्थिति रहने जानकारी प्राप्त भएको छ।
नेपाली दुताबास को आयोजनामा गत हप्ता सम्पन्न रास्ट्रीय दिवस कार्यक्रममा भ्रमण बर्ष २०२० सफल बनाउन प्रबासमा रहेका नेपालीहरुको साथ सहयोगको अपेक्षा राखेको जनाईएको थियो सोहि आह्वान लाई मनन गरि भ्रमण बर्ष २०२० को प्रबर्धन हेतु कार्यक्रम मा बिशेष कार्यकम संलग्न रहने जनाईएको छ ।
एनए मिडिया संग कुराकानी गर्दै प्रबासी नेपाली एकता मंच,साउदी अरबका अध्यक्ष शिब राज जैसी ले कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको जनाउदै  भ्रमण वर्ष लाई लक्षित् गरि भ्रमण बर्षको लोगो अंकित टि-सर्टहरु छपाईएको र अतिथिहरुलाई सो को ब्यबस्था गरिएको समेत उनले जनाए।क्रियाशील संघ संस्थाहरु लाई पत्राचार गरि सकेको जनाउदै जैशी ले यहि समाचार लाई आधार मानेर पनि उपश्तीती जनाई दिन आग्रह गर्न चाहेको समेत उनले जनाए ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


Copyright © 2015 ::NA Media Pvt. Ltd.::