
बुधबार, कार्तिक १९, २०७७
साउदी अरबको श्रम बजारमा महत्वपूर्ण सुधार को घोषणा भएको छ। सन् २०२१ को मार्च देखि लागु हुने गरि स्वेछ्या ले रोजगारदाता परिबर्तन र रोजगारदाता को अनुमति बिना साउदी छाड्न पाउने नियम लागु हुने भएको छ ।
साउदी अरेवियाका मानव संशाधन सहायक मन्त्री अव्दुल्लाह बीन नासिर अबुथनैनले सञ्चारकर्मीहरुलाई बुधवार यसका बारेमा जानकारी दिएका हुन् । साउदी अरेवियाको श्रम बजारलाई आकर्षक बनाउन सो व्यवस्था गर्न लागिएको उनले बताएका छन् । रोजगारदाता परिवर्तन गर्न नपाउने र रोजगारदाताको अनुमति विना मुलुक छोड्न नपाउने व्यवस्थाका कारण साउदी अरेवियामा लाखौं विदेशी श्रमिक बाध्यकारी श्रम गर्न समेत बाध्य हुँदै आएका छन् ।
मानव संशाधन मन्त्रालयले नयाँ व्यवस्था लागु भएपछि श्रमिकले एक रोजगारदाताबाट अर्को रोजगारदातामा स्पोन्सरशीप परिवर्तन गरी रोजगारी परिवर्तन गर्न सक्ने जानकारी दिएको छ । यसैगरी रोजगारदाताको अनुमति विना पनि साउदी अरेविया छोड्न र पुनः फर्किन सक्ने र पुनः साउदी अरेविया नफर्किने गरी स्वदेश फर्किन समेत सक्नेछन् । यसका बारेमा विगत लामो समय देखि बहस हुँदै आएको थियो ।
साउदी अरेवियामा १ करोडको हाराहारीमा विदेशी श्रमिक कार्यरत रहेको तथ्याँक छ । साउदी अरेवियाले अगाडी सारेको Lebor Relation Initiative नामको सो कार्यक्रमले साउदी मा कार्यरत लाखौ विदेशी श्रमिकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुन् सक्नेछन ।यस अगाडी साउदी अरेवियाले सन् २०२० भित्रै स्पोन्सरशीप प्रणाली (कफाला) मा सुधार गर्ने घोषणा गरेपनि कोभिड १९ का कारण सो समयावधि भित्र सुधार गर्न नसकिएको साउदी अरेवियाले बताउँदै आएको छ ।
नयाँ कानुनी व्यवस्थापछि पनि साउदी अरेवियामा रोजगारीका लागि आउन चाहनेहरुले कुनै रोजगारदाताले नै स्पोन्सर गर्नुपर्नेछ जसले श्रमिकमाथि रोजगारदाताको अधिकार कुनै न कुनै रुपमा कायम हुने हुदा साउदी अधिकारीहरुले हालसम्म दिएको जानकारीका आधारमा मुल्यांकन गर्दा कफला प्रणाली पुरै हट्ने नभई सुधार को दिशा तर्फ अग्रसर भएको मान्नु उचित हुने देखिन्छ।
Copyright © 2015 ::NA Media Pvt. Ltd.::
तपाईको प्रतिक्रिया