साउदी अरबमा अकामा र बहिर्गमन भिषा नपाएर अलपत्र परेकाहरु नेपाल फर्कन सहजीकरण हुदै 

सोमवार, कार्तिक २४, २०७७

साउदी अरबमा अकामा र बहिर्गमन भिषा नपाएर अलपत्र परेकाहरु नेपाल फर्कन सहजीकरण हुदै 

दुताबास मा १४ नोभेम्बर सम्म विवरण पठाउनु पर्ने.....

साउदी अरबमा बैदेशिक रोजगारीको सिलसिलामा आई बिभिन्न स्थानमा कार्यरत रही अकामा नबनाईएका या नबिकरण नभएका र कम्पनी बाट कम्पमी बाट बहिर्गमन भिषा प्राप्त गर्न नसकेर अलपत्र भई स्वदेश फर्कन नपाई समस्यामा रहेकाहरु को समस्या समाधान हुने भएको छ ।

नेपाली दुताबास रियाद ले सुचना जारी गरि यस्तो समस्या भएका नेपालीहरु ले १४ नोभेम्बर,२०२० (तदानुसार २०७७/७/२९) सम्म अनिबार्य रुपमा दुताबासको whatsapp नम्बर ०५०००२१४०९ मा आवश्यक कागजात र विवरण पठाउन आग्रह गरेको छ।दुताबास को सुचना अनुसार निम्न कागजातहरु पेश गर्नु आबश्यक छ,

- ईकामाको कपि

- सुरु देखि इकमा नबनेको भएमा पासपोर्टमा लेखिएको बोर्डर नम्बर(पासपोर्टमा अरेबिक भाषामा लेखिएको नम्बर)

- आफ्नो सम्पर्क नम्बर (whatsapp भएको नम्बर)

यस्तो कागजात पठाउदा आफ्नो इकामा को अबधि समाप्त भएको हुनु पर्ने छ।इकामाको म्याद रहेको भएता पनि कम्पनीले हुरूप लागेकाहरुले माथिको विवरण पठाउन सकिने छ तर कुनै मुद्दा मामिला परेको अवस्था भएमा सोको टुंगो नलागेसम्म यस्तो बहिर्गमन भिषा नलाग्ने भएको ले त्यस्तो व्यक्ति ले कागजात नपठाउन दुताबास ले आग्रह गरेको छ ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


Copyright © 2015 ::NA Media Pvt. Ltd.::