साउदी अरबमा मौलिक किराँती संस्कृति,भेष भुषा,बाजागाजा सहित साकेला उभौली यले दोङ-५०७९ मनाइदै

शुक्रबार, जेष्ठ १७, २०७६

साउदी अरबमा मौलिक किराँती संस्कृति,भेष भुषा,बाजागाजा सहित साकेला उभौली यले दोङ-५०७९ मनाइदै

किराँत राई यायोक्खा शाखा साउदी अरबले किराँतीहरुको चाड साकेला उभौली यले दोङ-५०७९ मनाइने भएको छ ।“सम्पुर्ण मुन्दुमी किराँतीहरु एक हौँ,किराँत लिपि,भाषा र भेषभुषाको संरक्षण गरौँ ” भन्ने नाराका साथमा कार्यक्रम आयोजना हुन लागेको हो ।

नेपालमा बैशाख पुर्णिामाको दिन पारेर मनाइने उभौली साउदीमा भने रमादानको कारण ले सार्बजनिक कार्यक्रम गर्न असहज हुने हुँदा पछी सारिएको हो ।आउँदो शुक्रबार ७ जुन मा दमामस्थित अल खायाम रेस्टुरेन्टमा आयोजना हुने कार्यक्रम को तयारी अन्तिम चरणमा पुगेको जानकारी प्राप्त भएको छ ।कार्यक्रममा प्रमुख अथितिमा  भर्खरै कार्यभार सम्हालेका नेपाली दुताबास का नियोग उपप्रमुख दिलिप कुमार पौडेल  रहने छन ।नियोग उपप्रमुख को कार्यभार संभाले पछी पौडेल को  पुर्बी क्षेत्र मा उनको पहिको सार्बजनिक कार्यक्रम हुनेछ।

किराँतीहरुको भेष भुषा,साकेला सीली नाच,विभिन्न झाँक्रीका साथै स्थानीय कलाकारहरुगायिका लक्ष्मी तामाङ गायकहरु समिर राई,रन राई,बिमल राई,इस्लाम मिया,प्रेम डिसी साथै  शिरि राई,पुतली तामाङ,मुना तामाङ,दिक्षा थापा,मन्जु परियार,धन कुमारी पुन मगर लगायतको नृत्य प्रस्तुति रहने जानकारी प्राप्त भएको छ ।

बैशाख शुक्ल पूर्णिमा अर्थात् बसन्त ऋतुमा उभौली र मङ्सिर पूर्णिमा अर्थात् शरद ऋतुमा उधौलीलाई चाडको रुपमा बर्षमा दुईपटक यस चाडलाई मनाइन्छ । उभौली अन्नबाली सप्रियोस्,किराफट्याँङ्ग्रा,जंगली जनावरले दुःख नदिउन,सुख शान्ति,सुस्वास्थ्य,दैवी प्रकोप तथा विपत्ति नआओस् भनेर मनाइने गर्छन् । त्यसैगरी मंसिर पुर्णिामा अन्नबाली पाक्ने,आउँदो साल खाद्यान्नको अभाव नहोस् भनेर उधौली मनाउने गर्छन् ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


पोपुलर


Copyright © 2015 ::NA Media Pvt. Ltd.::