साउदी अरबमा कोरोना अति प्रभावित कतिफ एवं आसपासका क्षेत्रमा कार्यरत नेपालीहरु कस्तो अवस्थामा छन ???

मङ्लबार, चैत्र ४, २०७६

एन ए मिडिया

        

  • श्री कृष्ण श्रेष्ठ 'धौबजी'

हाल बिश्वब्यापी रुपमा तिब्र गतिमा संक्रमण को रुपमा फैली रहेको कोरोना भाईरस(कोभिद-१९) को कारण ले गर्दा सामान्य जनजीवन प्रभावित हुने क्रम ले तिब्रता पाएको छ।हाम्रो छिमेकी मुलुक चीन बाट सुरु भएको भाईरस को फैलावट बिश्वका १६४ भन्दा बढी रास्ट्र सम्म पुगेको देखिन्छ ।पछिल्लो समय उदगम थलो चीन मा भाईरस नियन्त्रणमा आउदै गरेको देखिए पनि युरोप मुख्यत:इटाली,स्पेन,अमेरिका,अफ्रिका लगायत मध्यपुर्ब मा मुख्य:त ईरान लगायत साउदी अरब सहित जीसीसी मुलुकहरुमा क्रमिक रुपमा फैलदै गएको देखिन्छ।

बैदेशिक रोजगारीको लागि नेपालीहरुको प्रमुख गन्तब्य मुलुकमा गनिने साउदी अरब मा पनि कोरोना भाईरसको संक्रमण ले बिकराल रुप लिदै गएको देखिन्छ। मार्च २,२०२० का दिन पहिलो पटक साउदी अरब ले आधिकारिक रुपमा कोरोना भाईरस को पुस्टि गरेको थियो ।आज सार्बजनिक भएको तथ्यांक अनुसार १७१  जना मा कोरोना भाईरस संक्रमण भएको देखिन्छ। संक्रमण पिडित मध्ये ३ जना उपचार भई संक्रमण मुक्त भएको समेत समाचार बाहिरिएको छ।

कोरोना भाईरस को संक्रमण बढे संगै साउदी सरकार ले सो को नियन्त्रण को लागी अनेकन सुरक्षात्मक उपायहरु अपनाएको देखिन्छ। मार्च १५ देखि २ हप्ता को लागी बिमानस्थल बन्द को घोषणा गरिएको छ भने शपिंग मल,रेस्टुरेन्ट,पार्कहरु समेत बन्द साथै अति प्रभावित क्षेत्रमा सुरक्षात्मक आवागमन मा कडाई गरिएको छ जसमा मुख्य त साउदी अरबको पुर्बी क्षेत्र स्थित कतिफ शहर र आसपास को क्षेत्र लाई लकडाउन को अवस्था घोषणा गरि स्थानीय नागरिकहरुको आवातजावतमा कडाई गरिएको छ।

एन.ए मिडिया ले कोरोना भाईरस बाट अति प्रभावित कतिफ र आसपास का क्षेत्रमा कार्यरत रहेका नेपालीहरु संग सम्पर्क गरि उनीहरु ले हालैका दिनमा भोग्नु परेका समस्याहरु,जीवनयापनको अबस्था बुझ्ने प्रयास गरेको थियो। सामाजिक संजाल मार्फत सम्पर्क गरि बुझ्दा अधिकांस ले नेपालीहरु मध्ये हाल सम्म कोहि पनि संक्रमित नभएको,गाँस-बाँस-कपास याने रोजगारी,बसोबास,खानपिनमा समस्या भोग्नु नपरेको जनाए भने आवागाहीमा भने भिन्नै खालको डर देखिएको जनाए अधिकांस ले सुरुवाती दिन हुँदा भन्दा भबिष्यमा के हुने हो भन्ने आशंका प्रायको रहेको देखिन्थ्यो....

हाल कतिफ शहरमा रहेका ड्राइभर पेशा मा आबद्द बिभिन्न सामाजिक संगठनमा जिम्मेवारी पदमा कार्यरत सामाजिक अभियन्ता अजित राई ले कुराकानीमा आफ्नो काम नियमित नै रहेको जनाए। स्थानीय नागरिकहरु लाई कतिफ बाहिर जान रोकेको भन्ने सुनेको जनाउदै राई ले आफु निकै समय देखि ड्राइभिंग पेशामा आबद्द रहेको मा अहिले जस्तो सुनसान बाटो भने पहिला कहिले पनि नदेखेको जनाए। खाध्यान लगायतको किनमेल मा खासै असुविधा नरहेको तर समस्या बढ्दै गएमा आगामी दिनमा भने अवस्था फरक हुन्छ कि भन्ने डर मनमा रहेको जनाउदै छिट्टै समस्या समाधान हुने मा आशाबादी रहेको जनाए ।आफ्नो बसोबासको क्षेत्र भाईरस संक्रमणको हिसाब ले निकै जोखिमयुक्त रहेको ले स्व-साबधानी नै उत्तम उपाय रहेको समेत राई ले जनाए।

कतिफ नजिकै को शहर तुर्कीया मा रहेका वोर्कअप शेक्टरमा कार्यरत जिफन्ट सहयोग समुह,साउदी अरबका अध्यक्ष बुद्दिमान बिश्वकर्मा ले कुराकानीमा कतिफ आसपासमा रहेका नेपालीहरु बीच बिभिन्न माध्यम बाट सम्पर्कमा रहेको जनाए। कतिफ आसपासमा अनुमानित ६/७ हजार को संख्यामा नेपालीहरु कार्यरत रहेको जनाउदै बिश्वकर्मा ले हाल सम्म संक्रमण बाट कोहि पनि प्रभावित रहेको जानकारीमा नरहेको जनाए ।कम्पनीमा कार्यरत रहेका नेपालीहरुको काम नियमित नै रहेको देखेको जनाउदै उनले  दैनिक जीवनको लागी आबश्यक खानपिनको सामान खरिद मा समेत कुनै समस्या हालसम्म भोग्नु नपरेको तर   कम्पनीहरु मा आबश्यक सामानहरुको आपूर्तिमा समस्या देखिएको ले अहिले को अवस्था अझ लम्बिए काम/रोजगारीमा समस्या आउँन सक्ने देखेको जनाए ।कोरोना भाईरस को उच्च जोखिममा रहेको क्षेत्र रहेको ले आफ्नो सुरक्षा मा आफै ले ध्यान दिनु पर्ने सुझाब दिदै उनले  धेरै नेपालीहरु ले भबिष्यमा के हुन्छ भनेर सोधखोज गर्ने गरेको जनाए...

कतिफ तारुत मा रहेका आफ्नो स्व-ब्यबसाय पेन्टर को रुपमा कार्यरत राजु थापा ले कुराकानी मा कोरोनाको कारण ले सबै मा सन्त्रास रहेको जनाए। खानपिन,सामान खरिद मा हाल सम्म कुनै कठिनाई भोग्नु नपरेको तर आफ्नो ब्यबसायमा आबश्यक कच्चा पदार्थको अभाब हुने देखिएको ले यस्तै अवस्था कायम रहे केहि समय पछि कामबिहिन नै पो हुनु पर्ने हो कि भन्ने चिन्ता बढेको दुखेसो थापा ले पोखे। कम्पनी मा काम गर्ने को त् अलगै हिसाब होला,आफु जस्तो कफालामा काम गर्ने को हालत यस्तै अवस्था रहे जटिल हुने देखेको समेत उनले जनाए ।आफु साउदी आएको एक दशक भन्दा बढी भएको जनाउदै थापा ले अहिले जस्तो परिस्थिति हाल सम्म नदेखेको जनाए। संक्रमण बाट बच्न सबै सचेत हुनु पर्ने समेत उनले जनाए।

कतिफ नाबिया मा कार्यरत सुपरमार्केट मा क्यासियरको रुपमा कार्यरत रबि श्रेष्ठ ले आफु कार्यरत मार्केट को ब्यापार ह्वात्तै बढेको जसले गर्दा आफ्नो व्यस्तता समेत सोहि अनुपातमा बढेको जनाए। स्वास्थ भन्दा ठुलो अरु केहि नहुने जनाउदै श्रेष्ठ ले कोरोना अतिप्रभावित क्षेत्र भन्ने सुनेको ले मन भित्र खिसिक्क चाहि लाग्ने गरेको जनाए। आफ्नो काम नै ग्राहकहरु संग सम्पर्क मा रहनु पर्ने भएको ले आफ्नो सुरक्षामा अधिकतम ध्यान दिने गरेको जनाउदै उनले ग्राहकहरु ले पहिलाको तुलनामा अधिक सामान खरिद गर्ने गरेको अनुभब सुनाए ।आवागममा असजता महसुस गरेका उनले धेरै नेपालीहरुको कामकाज नै रोकिएको सुनेको समेत बताए ।मार्केटमा पहिलाको तुलनामा संख्यात्मक रुपमा कम सप्लायरहरु आउने गरेको समेत उनले जनाए।

अन्त्यमा,

कोरोना भाईरसका कारण ले अतिप्रभावित पहिचान गरि सो रोगको रोकथामको लागि आवागमनमा निश्चित बन्देज लगाई लकडाउनको अवस्था मा रहेको साउदी अरबको पुर्बी क्षेत्र स्थित कतिफ एवं आसपास का क्षेत्रमा कार्यरत रहेका कुनै पनि नेपालीहरु मा सो भाईरस को संक्रमण नरहेको देखिन्छ ।साउदी अरब मा सुरुको केश घोषणा गरिएको दिन गन्ति गर्दा १५ दिनको अबधि हुन्छ प्रारम्भिक दिन हुँदा गाँस-बाँस-कपास को समस्या हाल सम्म रहेको देखिन्न आवागमन मा निश्चित बन्देज बाहेक यधपी अहिले को समस्या समाधान हुन् समय लागे कफालावाला स्व-ब्यबसाय(कतिफ आसपासमा यस्तो पेशामा संलग्नहरुको संख्या उल्लेख्य देखिन्छ) गर्नेको अवस्था जटिल हुने देखिन्छ भने कम्पनीहरु मा कार्यरत नेपालीहरु को रोजगारी समेत धरापमा नपर्ला भन्न सकिन्न।मुख्य कुरा स्वास्थ सचेतना मा गम्भीर हुन चुक्यो भने कोरोना भाईरस प्रभावित नहोला भन्न सकिन्न।

'ज्यान सलामत  रहे राज  गरौला' भने सरि कतिफ आसपासका नेपालीहरु ले स्वास्थ लाई प्रमुखता राखी अघि बढ्नु पर्ने देखिन्छ....

भगवान पशुपतिनाथको कृपा रहोस...

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


Copyright © 2015 ::NA Media Pvt. Ltd.::