साउदी अरबमा कोरोना भाईरस संक्रमित ५ जना नेपाली मध्ये ४ जना निको भए

बुधबार, चैत्र २६, २०७६

साउदी अरबमा कोरोना भाईरस संक्रमित ५ जना नेपाली मध्ये ४ जना निको भए

संक्रमित एक जना  नेपाली अझै अस्पताल मै

दम्माम साउदी अरब ।

साउदी अरबको अल जौफ प्रान्त कार्यरत ३ जना नेपाली नागरिक कोरोना भाईसबाट संक्रमित भई निको भएर काममा फर्किएको साउदीका लागि नेपाली राजदूत प्रो. डा. महेन्द्र सिहं राजपुतले एन. ए. मिडियालाई जानकारी दिनु भयो ।

साउदी अरबमा ४ जना संक्रमितको बारेमा साउदीको स्वास्थ्य मन्त्रालयले दूतावासलाई जानकारी गराएको र १ जना दूतावासको श्रोत बाट पत्ता लगाएको थियो,  त्यसमध्ये ४ जना नै निको भएर काममा फर्की सकेको राजदूतले बताए ।

जेद्दामा संक्रमित बाग्लुङका एक नेपाली भने अझै अस्पतालमा रहेको जेद्दा स्थित नेपाली महाबाणीज्य दूतावासका का.वा. कन्सुलर जनरल रेवती रमण पौडेलले ए.न. मिडियालाई जानकारी दिए, उनले भने “उहाँ संग मेरो कुरा भएको थियो, उहाँको स्वास्थ्य अवस्था सुधारिने क्रममा छ, र विरामीको राम्रो अस्पतालमा उपचार भैइरहेको छ, चाडै निको हुन्छ “ पौडेलले भने ।

साउदीमा आज सम्म कोरोना भाईरस बाट सक्रमितको संख्या २९३२ पुगेको छ ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


पोपुलर


Sorry. No data so far.

Copyright © 2015 ::NA Media Pvt. Ltd.::