साउदी अरबमा कोरोना भाईरस संक्रमण क्रमश:घटदो,३ महिनामा सबैभन्दा कम संक्रमित रेकर्ड गरियो

मङ्लबार, साउन २०, २०७७

साउदी अरबमा कोरोना भाईरस संक्रमण क्रमश:घटदो,३ महिनामा सबैभन्दा कम संक्रमित रेकर्ड गरियो

साउदी अरबमा कोरोना भाईरस संक्रमितको संख्यामा क्रमश: कमी हुदै गएको देखिन्छ।आज पछिल्लो ३ महिना मा सबै भन्दा कम संक्रमित फेला परेको छ।

साउदी अरबमा आज १२५८ नयाँ संक्रमित फेला परेको छ। हाल सम्म साउदी अरबमा २८००९३ जना कोरोना संक्रमित पुस्टि भएको मा आज १९७२ जना कोरोना मुक्त भए संगै कोरोना निको हुने को संख्या कुल २४२०५३ पुगेको देखिन्छ।कोरोना भाईरसको कारण ले हाल सम्म २९४९ जना को मृत्यु भएको छ।

३ लाख भन्दा बढी नेपालीहरु कार्यरत रहेको साउदी अरबमा आधिकारिक रुपमा कति नेपालीहरु संक्रमित रहेको जानकारी बाहिर नआए पनि  हजारौको संख्यामा नेपालीहरु कोरोना संक्रमित रहेका देखिन्छ साथै  हालसम्म ३५ जना भन्दा बढी नेपालीहरुको कोरोनाको कारण ले मृत्यु भएको जानकारी बाहिरिएको छ  ।

साउदी अरबमा ईद पर्ब को कारण ले लामो छुट्टी चली रहेको छ ।ईद पर्ब मा हुने चहलपहल को समय मा पनि कोरोना संक्रमितको संख्या क्रमश: घट्दै गएको देखिदा कोरोना भाईरसको क्रमश: नियन्त्रणमा आउदै गएको देखिन्छ। साउदी अरबमा हाल  ३४,७६३ जना कोरोना भाईरस  संक्रमित  उपचारार्थ रहेका छन।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


पोपुलर


Copyright © 2015 ::NA Media Pvt. Ltd.::