
सोमवार, फाल्गुन २६, २०७६
एन ए मिडिया न्युज डेस्क
दम्माम, साउदी अरब।
चिन बाट उत्पत्ति भएर बिश्व भरी आतंक फैलाई रहेको कोरोना भाईसर (COVID- 19) साउदी अरबमा पनि देखिएको छ र हाल सम्म १५ जना प्रभावित भएको समचार ARAB NEWS मा प्रकाशित गरिएको छ।
सोही पत्रिकाका अनुशार हिजो देखी साउदी अरबमा स्कुल, युनिभर्सिटी पूर्ण रुपमा बन्द गरिएको छ भने हिजै देखी साउदी अरबको पूर्वी क्षेत्र कतिफमा आबत जावत मै रोक लगाईएको छ।बिश्वआतंक मच्चाई रहेको कोरोना भाईरसको संक्रमण नफैलियोस भन्ने अभिप्रायले साउदी स्वास्थ्य मन्त्रालयले सो निर्णय लिएको उक्त समचारमा उल्लेख गरिएको छ।
कुन देशको अवस्था के छ ?
कोरोनाको उद्गमस्थल चीन हालसम्म ३ हजार १ सय १९ जनाको यसको संक्रमणका कारण ज्यान गएको छ । चीनमा थप २२ को मृत्यु भएको हो । यहाँका ८० हजार ७ सय ३५ मानिसमा कोरोनाको लक्षण देखिएको छ । यद्यपि, चीनमा कोरोना नियन्त्रणउन्मुख बन्दै गएको छ । चिनियाँ सञ्चारमाध्यमका अनुसार यहाँका ५८ हजार ६ सय २ मानिसले स्वास्थ्यलाभ गरेका छन् ।
चीनपछि इटली कोरोनाको चपेटामा परेको छ । यहाँ अहिलेसम्म ३ सय ६६ जनाको ज्यान गइसकेको छ । ७ हजार ३ सय ७५ संक्रमित छन् ।
साउथ कोरियामा हालसम्म कुल ५३ जनाको मृत्यु भएको छ । पछिल्लोपटक यहाँ ३ संक्रमितको ज्यान गएको छ । ७ हजार ३ सय ८२ मा कोरोनाको लक्षण देखिएको छ ।
इरानका ६ हजार ५ सय ६६ मानिसमा अहिलेसम्म कोरोनाको लक्षण भेटिएकोमा १ सय ९४ जनाको ज्यान गएको छ ।
फ्रान्स, जर्मनी, डाइमन्ड प्रिन्सेस, स्पेन, अमेरिका, जापान, स्विट्जरल्यान्ड, बेलायत, नेदरल्यान्डलगायतका देश पनि कोरोनाको कहरसँग जुधिरहेका छन् ।
नेपालसहित १४ देशका नागरिकलाई कतार प्रवेशमा रोकनेपालीको प्रमुख रोजगारगन्तव्य मुलुक कतारले नेपालसहित १४ मुलुकका नागरिकलाई प्रवेशमा रोक लगाएको छ ।
विश्वव्यापी रूप लिइरहेको कोरोना भाइरसप्रति सतर्कता अपनाउँदै यी १४ देशका नागरिकलाई प्रवेशमा रोक लगाइएको त्यहाँको द गभरमेन्ट कम्युनिकेसन अफिस (जीसीओ) ले जनाएको छ ।
अल्पकालीन प्रवेशमा रोक लगाइएका मुलुकहरूमा नेपाल, बंगलादेश, चीन, इजिप्ट, भारत र इरान छन् । त्यस्तै, इराक, लेवनान, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका, सिरिया र थाइल्यान्ड नागरिकले पनि कतार प्रवेश पाउने छैनन् ।
विश्वव्यापी रूप लिइरहेको कोरनो भाइरसको संक्रमण कोरियामा पनि देखिएको छ । साउथ चाइना मर्निङ पोस्टका अनुसार हालसम्म त्यहाँका १२ जनामा कोरोनाको लक्षण भेटिएको छ । यो संक्रमणबाट हालसम्म मृत्यु भने भएको छैन ।
Copyright © 2015 ::NA Media Pvt. Ltd.::
तपाईको प्रतिक्रिया