
बुधबार, पुस १४, २०७८
एन ए मिडिया न्युज डेस्क
सामाजिक दुरी,कार्यक्रमहरु प्रभावित हुने......
साउदी अरबमा कोरोना संक्रमण दर पुन बढ्दै जाँदा नियन्त्रण हेतु प्राबधानहरु लागु हुने भएको छ ।
३० डिसेम्बर देखि अनिबार्य मास्क लगाउनु पर्ने,सबै स्थानहरुमा सामाजिक दुरी कायम गर्नु पर्ने साथै बन्द वा खुल्ल्ला स्थान मा हुने कार्यक्रमहरु समन्धी नयाँ नियमन जारी भएको जनाईएको छ।नयाँ नियमन ले सार्बजनिक कार्यक्रमहरु प्रभावित हुने देखिन्छ ।
साउदीमा हाल कोरोना खोपको बुस्टर डोज दिईदै छ साउदी अरबमा बसोबास गर्ने साउदी नागरिक एवं बिदेशी नागरिक ले अनिबार्य रुपमा खोप लिनु पर्ने साथै साउदी सरकार द्वारा जारी स्वास्थ मापदण्ड परिपालन नगरेमा कानूनी प्रक्रिया र भारी जरिवाना व्यहोर्नु पर्ने जनाईएको छ ।
साउदी अरबमा कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गएको देखिन्छ।आज संक्रमित को संख्या ७०० पार गरेको सुचना सम्प्रेषित भएको थियो ।
Copyright © 2015 ::NA Media Pvt. Ltd.::
तपाईको प्रतिक्रिया