साउदी अरबमा तमू ल्होसार तथा स्योकै कार्यक्रम हुदै

बुधबार, पुस १४, २०७८

श्री बाल कृष्ण पंगेनी,साउदी अरब

साउदी अरबमा  तमू ल्होसार तथा स्योकै कार्यक्रम हुदै

साउदी अरबमा रास्ट्रीय पर्व तमु ल्होसार कार्यक्रम सहित भब्य रुपमा मनाईने भएको छ।तमु धि,प्रबास शाखा साउदी अरबको आयोजनामा कार्यक्रम आउदो शुक्रबार ३१ डिसेम्बरका दिन साउदी अरबको पुर्बी क्षेत्र अल खोबार मा हुन गई रहेको छ।
साउदी अरब मा क्रियाशील जातीय संस्थामा अब्बल मानिने तमु धि,साउदी अरब ले  स्थापना कालदेखि नै आफ्नो मौलिक राष्ट्रिय पर्व तमु ल्होसार हरेक वर्ष कार्यक्रम सहित  मनाउदै आई रहेको छ। 
एनए मिडिया संग कुराकानी गर्दै तमु धी,साउदी अरब का अध्यक्ष खेम गुरुङ ले ल्वोंल्हो (गाई वर्ग) लाई बिदाई गर्दै तोल्हो (बाघ वर्ग) लाई स्वागत गरी तमू संस्कार, संस्कृति, परम्परा र पहिचान झल्किने सांस्कृतिक कार्यक्रमको साथमा स्योकै (रात्री भोज) ल्होसार शुभकामना आदान प्रदान सहित मनाउने योजना रहेको जनाए।
कुराकानी कै क्रम मा अध्यक्ष गुरुङ ले गत बर्ष कोरोना को असहज कारण ले कार्यक्रम गर्न नसकिएको मा यो बर्ष सहज बाताबरण रहेकोले कार्यक्रम सहित रास्ट्रिय पर्व ल्होसार मनाउने योजना बनाएको जनाए कार्यक्रममा  पूर्ण स्वास्थ मापदण्ड अपनाईने समेत उनले जनाए।
साउदी अरबमा कोरोना संक्रमणको दर पछिल्लो दिन पुन: उकालो लाग्दै गएको देखिएको मा कार्यक्रम के गर्नु हुन्छ भन्ने प्रश्नमा गुरुङ ले बढ्दै गएको कोरोना सङ्क्रम लाई संस्था ले नोटिस मा लिएको जनाउदै कार्यक्रम को पुर्व निर्धारित योजना कायम रहेको तर स्वास्थको बिषय मुख्य भएको ले संस्थामा छलफल हुदै रहेको र उचित निर्णय लिने जनाए
कार्यक्रम लाई सभ्य र भब्य रुपमा सफल बनाउन साउदी अरबमा कार्यरत सम्पूर्ण तमु तथा गैर तमुहरु लाई गरिमामय उपस्थितिको लागी एनए मिडिया मार्फत निमन्त्रणा दिन चाहेको समेत गुरुङ ले जनाए
कार्यक्रम अल खोबारको गल्फ दरबार होटेल मा ३१ डिसेम्बर,शुक्रबारका दिन बिहान ११-७ बजे सम्म हुने छ
 
 

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

Copyright © 2015 ::NA Media Pvt. Ltd.::