साउदी अरबमा नेपालको राष्ट्रिय दिवस भब्य कार्यक्रम सहित मनाईयो (फोटो फिचर सहित)

सोमवार, अशोज ६, २०७६

एन ए मिडिया न्युज डेस्क

साउदी अरबमा नेपालको राष्ट्रिय दिवस भब्य कार्यक्रम सहित मनाईयो (फोटो फिचर सहित)

साउदी अरबमा नेपाली राष्ट्रिय दिवस (संबिधान दिवस) एक कार्यक्रमका बीच भब्य रुपमा मनाईएको छ । नेपाली दुताबासको आयोजनामा २२ सेप्टेम्बर,आईतबार रियाद स्थित डिप्लोमेटिक क्वाटर मा अवस्थित मेरियत होटेलको सभा हलमा कार्यक्रम आयोजना गरिएको थियो ।

नेपाली दुताबासका नियोग उपप्रमुख दिलिप पौडेल,श्रम सहचारी अम्बिका प्र, अधिकारी लगायत दुताबासका कर्मचारीहरुले कार्यक्रममा उपस्थित रहेका बिदेशी कुटनीतिक नियोगका अथितिहरु एवं कार्यक्रममा सहभागीहरु लाई स्वागत गरेका थिए ।

राष्ट्रिय दिवस कार्यक्रमको औपचारिक कार्यक्रमको सुरुवात नेपाल र साउदी अरबको राष्ट्रिय गान बजाई गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा रियाद प्रान्तका उपगभर्नर रहेका थिए नेपाली दुताबासका द्वितीय सचिब बिपिन दवाडीले संचालन गरेको औपचारिक कार्यक्रममा नेपाली राजदुत महामहिम प्रा.डा महेन्द्र सिंह राजपुत र प्रमुख अथितिले संयुक्त रुपमा राष्ट्रिय दिवसको अवसरमा केक काटेर शुभकामना आदान प्रदान गरेका थिए ।

राष्ट्रिय दिवस कार्यक्रममा नेपाली दुताबासको निम्तोमा विभिन्न रास्ट्रका कुटनितिक निकायका अतिथिहरुको बाक्लो उपश्तीती रहेको थियो ।

कार्यक्रममा आफ्नो मन्तब्य राख्दै नेपाली दुताबासका राजदुत महामहिम प्रा.डा महेन्द्र सिंह राजपुतले साउदी अरब र नेपालको मैत्रीपूर्ण सम्बन्धको चर्चा गर्दै आपसी सहयोग र सहकार्यको उच्च प्रशंसा गर्दै धन्यवाद ज्ञापन गरेका थिए । मन्तब्यको क्रममा राजदुत सिंहले साउदी अरबमा रहेर नेपालको समस्त परिबर्तन मा प्रतक्ष्य परोक्ष् रुपमा पुर्याउनु भएको योगदान प्रशंसनीय रहेको उल्लेख गर्दै राजनैतिक परिबर्तन र स्थिरता संगै आर्थिक बिकास मार्फत सुखी नेपाली समृद्ध नेपाल बनाउने र नेपाल लाई छिट्टै समुन्नत् रास्ट्रको दाँजोमा पुर्याउने अभियान मा सबै को साथ् र सहयोग को अपेक्षा रहेको जनाउदै नेपाल सरकार ले घोषणा गरेको नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउन प्रबासी नेपाली हरु संग सहकार्य गर्ने नीति लिएको र बढी भन्दा बढी पर्यटक नेपाल पठाउन योजना बनाएको जनाउदै पर्यटन मार्फत रास्ट्रको बिकास गर्ने अभियानमा नेपालि दुताबास संग सहकार्य गरि अघि बढन आग्रह गरेका गर्दै आउदै गरेको बिजया दशमी,तिहार,छठ एवं नेपाल सम्बतको शुभकामना दिएका थिए ।

कार्यक्रममा दुताबासको निम्तोमा बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु लगायत १०० जना भन्दा बढी नेपालीहरुको समेत उपश्तीती रहेको थियो । प्रायशः पुरुष सहभागीहरु ले दौरा सुरुवाल,महिलाहरु ले सारी साथै नेवार,गुरुङ,मगर  लगायतका जनजातिहरु ले मौलिक पोशाक मा उपश्तीती जनाएका थिए । जसले गर्दा कार्यक्रमको माहौलमा रौनकता थपिएको देखिन्थ्यो ।

निकै ब्यबस्थित रुपमा सम्पन्न कार्यक्रम स्थलमा भिजिट नेपाल २०२० लाई प्रबर्धन गर्ने हेतु ले भ्रमण बर्षको ब्यानर लाई बिशेष महत्व दिई सजाइएको थियो साथै नेपालको परिचय दिने बुकलेट,पोस्टर,अडियो क्लिप लगायत् का प्रचार सामग्रीहरु समेत राखिएको थियो ।

फोटो फिचर

 

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


पोपुलर


Copyright © 2015 ::NA Media Pvt. Ltd.::