साउदी अरबमा प्रबासी नेपाली एकता समाज (पानस) को  संगठन बिस्तार,रियाद क्षेत्रिय कमीटी गठन

सोमवार, कार्तिक २१, २०७९

एन ए मिडिया न्युज डेस्क

साउदी अरबमा प्रबासी नेपाली एकता समाज (पानस) को  संगठन बिस्तार,रियाद क्षेत्रिय कमीटी गठन

राष्ट्रिय प्रजातन्त्र पार्टिको प्रवास भातृ संगठन....

प्रबासी नेपाली एकता समाज(पानस),साउदी अरब ले संगठन बिस्तार को क्रममा रियादमा क्षेत्रिय कमिटि गठन गरको छ। पानस  राष्ट्रिय प्रजातन्त्र पार्टिको प्रवास भातृ संगठन हो ।

गत शुक्रबार रियाद बथा स्थित डेल्मोर होटेल मा आयोजित कार्यकममा  अमर सापकोटाको अधक्ष्यतामा १५ सदस्सीय कमिटि सर्बसम्मत रुपमा चयन गरिएको थियो ।

प्रबासी नेपाली एकता समाज(पानस),साउदी अरब का अध्यक्ष कुबेर हुमागाईको अधक्ष्यतामा आयोजित कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाली दुताबासका  का.वा नियोग उपप्रमुख ऋषि राज आचार्य,बिसिस्ट अथितिमा एनआरएनए मध्यपुर्ब संयोजन जोन अर्याल,जनसम्पर्क समिति,साउदी अरबका का.वा सभापति द्वारिका राज गिरि,पारिवारिक समाज,साउदी अरबका अध्यक्ष अमृत पौडेल,एनआरएनए का संस्थापक महासचिब बिमल गौतम,महिला उपाध्यक्ष रबिना अर्याल साथै अथितिहरुमा झापाली समाजका अध्यक्ष राजेन्द्र थापा,कास्की आदर्श समाज का अध्यक्ष अमर सापकोटा, मोरंग सुनसरी समाजका हेम सुबेदी,जनसम्पर्क समितिका महासचिब सुरेश राज त्रिपाठी,पूर्व सभापति दिपक रेग्मी,सृजना सांस्कृतिक समाज का नागेश तामांग, पत्रकार सुजित तामांग,राज लिम्बु,डा.राजन जिसी, नेवा समाज का उपाध्यक्ष रोशन श्रेष्ठ लगायत का रहेका थिए।

कार्यक्रममा बक्ताहरु ले पछिल्लो समय राप्रपा ले नयाँ आशा को संचार गरेको जनाउदै आउँदो निर्वाचनमा आशातित सफलता पाउने सम्भावना रहेको जनाएका थिए ।निर्वाचनको पूर्व सन्ध्यामा राजनैतिक पार्टीको भात्री संगठनको आयोजना र संगठन बिस्तार समन्धी कार्यक्रम भएको ले कार्यक्रम चुनाबमय भएको देखिन्थ्यो र स्टेज बाटै भोटको अपिल गरिएको थियो। कार्यक्रममा राज्यको नीति ले स्वदेश विदेश जहाँ रहे पनि प्रभावित पार्ने भएको ले आउँदो निर्वाचन लाई विदेशमा बस्ने ले समेत नजिक बाट नियाल्नु पर्ने र योगदान दिनु पर्ने बिषयमा सबैको एक मुख रहेको देखिन्थ्यो।

पानसका केन्द्रीय महामन्त्री नबिन मुडभरी ले संचालनको गरेको कार्यक्रममा सर्बसम्मत रुपमा रियाद क्षेत्रीय कमिटि को घोषणा गरिएको थियो। जसअनुसार घोषित  १५ सदस्सीय कार्यसमिति निम्न बमोजिम रहेको छ

अध्यक्ष : अमर सापकोटा

उपाध्यक्ष : सुजन घिमिरे

महिला उपाध्यक्ष : लक्ष्मी कुमारी गिरि

महामन्त्री :किरण कुमार पुरी

सह-महामन्त्री :जीवन अधिकारि

सचीव :निरज सिह

सह-सचीव :इन्द्र कुमार खनाल

प्रवक्ता :किशन जग बि.क.

सह-प्रवक्ता :अस्मिता सुनार

कोषाध्यक्ष : राकेश कुमार यादव

सह-कोषाध्यक्ष :पुजा सिह

सदस्य :रोशन बस्नेत,प्रेम कुमार गुरुङ,रोहान परियार

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

Copyright © 2015 ::NA Media Pvt. Ltd.::