साउदी अरबमा प्राकृतिक तथा कोभिड-१९ द्वारा मृत्युबरण गरेका मृतकहरुले कम्पनीबाट पाउने रकम नेपाल पठाउने तयारी अन्तिम चरणमा

आइतवार, साउन ११, २०७७

बाल कृष्ण पंगेनी

साउदी अरबमा प्राकृतिक तथा कोभिड-१९ द्वारा मृत्युबरण गरेका मृतकहरुले कम्पनीबाट पाउने रकम नेपाल पठाउने तयारी अन्तिम चरणमा

साउदी अरबमा बिभिन्न कारण मृत्युबरण गरेका नेपाली कामदारहरुले कम्पनीबाट पाउनु पर्ने ग्रेजुटी अर्थात बाकी तलव दुतावासको खातामा आएका जति पनि छन् सबैको रकम नेपाल परिवारसम्म पुर्याउने काम दुतावासले थालेको साउदी अरव रियाध दुतावासका नियोग उप प्रमुख दिलिप पौडेलले एन.ए. मिडियालाई जानाकारी गराउनु भएको छ ।

अहिले सम्म ९४ जनाको रकम मृतकको कागजात र आधिकारिक व्याक्तिको कागजात मिलाउने काम भई सकेको र अरु केहि बाकि रहेको र यस काममा दितीय सचिव तारा गौतम लेबर कन्सुलर जीवन राइ लगाएत दुतावासको सम्पूर्ण टिम लागि रहेको र दुतावास केही दिनको लागि बन्द भएको कारणले यसमा केही समय बढी लागेको पनि पौडेलले जानाकरी दिनु भएको छ ।

पौडेलको यस् जानाकारीलाई कोट गर्दै एन मिडियाले आफूसम्म आएको र पिडित परिवारहरुको सामुहिक प्रश्न शब् नेपाल पुगी सक्यो तर पिडित परिवारले कम्पनीबाट पाउने रकम कसरी पाउन सक्छन भन्ने प्रश्नमा उप प्रमुख पौडेलले स्पस्ट पार्दै भन्नु भयो यहा बाट नेपाल शब् गई सकेका अर्थात कोभिडबाट मृत्युवरण गरेर साउदी अरवमा नै दाहसस्कार भई सकेकाहरुको कम्पनीबाट पाउनु पर्ने रकम प्राप्त गर्ने प्रक्रिया दुतावासले प्रराष्टमा पठाउने र प्रराष्टले मृतकको जिल्लाको सिडियो मार्फत उक्त रकम परिवारलाई प्राप्त हुने पनि प्रस्ट पार्नु भएको छ ।

साथै उक्त रकम नेपाल पठाए लगतै नेपाली दुतावासको आधिकारिक फेसबुक फेज अर्थात वेब साइट मार्फत पनि सबैलाई जानाकारी गराउने स्पस्ट पार्नु भएको छ ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


पोपुलर


Copyright © 2015 ::NA Media Pvt. Ltd.::