साउदी अरबमा स्पोन्सर बिना पनि ‘बसोबास अनुमति’ को नयाँ प्राबधान लागु हुदै

बुधबार, जेष्ठ १, २०७६

साउदी अरबमा स्पोन्सर बिना पनि ‘बसोबास अनुमति’ को नयाँ प्राबधान लागु हुदै

साउदी अरेवियाको मन्त्रीपरिषदले मंगलवार साउदी स्पोन्सर विना नै साउदी अरवमा बस्न र रोजगारी गर्न पाइने कानून पारित गरेको छ । यो व्यवस्था पहिलोपटक भएको हो ।

गत हप्ता सो कानून शुरा  काउन्सीलले पारित गरेको थियो । यो लगानीकर्ताहरुलाई आकर्षित गर्न र पेट्रोलियम पदार्थको व्यापार भन्दा बाहिरको आम्दानीको श्रोत विस्तार गर्ने साउदी अरेवियाको प्रयास भएको जनाइएको छ ।

नयाँ प्राबधान अनुसार को  अनुमति लिन निश्चित शुल्क तिर्नुपर्ने, तोकिएको मापदण्ड पुग्नुपर्ने छ । यस्तो अनुमति पाएकाहरुले कामदारहरु राख्न, सम्पत्तिको अधिकार प्राप्त गर्न, सवारी साधन खरिद गर्न तथा आवश्यक समयमा कुनै स्पोन्सरको अनुमति नलिई साउदी अरब छोड्न पाउनेछन् ।

समाचार अनुसार यस्तो व्यवस्था कार्यान्वयन गर्न ९० दिनभित्रमा कार्यालय खोलिनेछ । त्यस्तो अनुमति पत्र लिन चाहनेले कति शुल्क बुझाउनु पर्नेछ भन्ने अहिलेसम्म सार्वजनिक गरिएको छैन । यस्तो अनुमति लिन चाहनेको राहदानी, पर्याप्त आर्थिक श्रोत हुनुपर्ने र २१ बर्ष पुरा गरेको हुनुपर्ने साउदी अरेवियाको टेलिभिजन अल अरेवियाले जनाएको छ ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


Copyright © 2015 ::NA Media Pvt. Ltd.::