
मङ्लबार, फाल्गुन १६, २०७९
एन ए मिडिया न्युज डेस्क
सांस्कृतिक एवं भाईचाराको पर्व मानिने होली साउदी अरबमा कार्यक्रम सहित मनाईने भएको छ । हेल्प मधेसी साउदी अरब ले कार्यक्रम को आयोजना गर्न लागेको हो ।
मार्च ३,शुक्रबारका दिन साउदी अरब को पुर्बी क्षेत्र दमाम-जुबेल रोड मा रहेको जस्मिन फार्म हाउसमा होली कार्यक्रम-२०२३ आयोजना हुन लागेको हो। कार्यक्रम बिहान १० बजे देखि सुरु हुने जनाईएको छ ।
कार्यक्रममा अबिर,रंग को ब्यबस्था सहित हेल्प मधेसी किर्तनमण्डली को भजन सहित स्थानीय कलाकारहरुको सांगीतिक प्रस्तुती सहित होली धमाका सहित मनाईने छ।
हेल्प मधेसी,साउदी अरबका ब.उपाध्यक्ष श्याम कुमार महतो ले एन.ए मिडिया संग को कुराकानीमा होली धमाका कार्यक्रमको तयारी पुरा भई सकेको र साउदी अरबमा क्रियाशील संघ,संस्था,सामाजिक अभियन्ता,मिडियाकर्मी लगायत लाई अथिति को लागी निमन्त्रणा गरिएको जनाउदै पत्र नपुगेको भए समाचार लाई नै निमन्त्रणा को रुपमा स्वीकार गरि कार्यर्कम मा उपश्तिती जनाइदिन आग्रह गरेका छन।
हेल्प मधेसी,साउदी अरब ले बिगतका बर्षहरु मा समेत होली कार्यक्रम आयोजना गरि सांस्कृतिक चाड लाई उल्लासमय तवर ले मनाउने गरेको थियो।
Copyright © 2015 ::NA Media Pvt. Ltd.::
तपाईको प्रतिक्रिया