साउदी अरबमा २०६ औं भानु जयन्ती मनाईदै ।

आइतवार, असार २२, २०७६

एन ए मिडिया न्युज डेस्क

साउदी अरबमा २०६ औं  भानु जयन्ती मनाईदै ।

दम्माम,साउदी अरब

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज साउदी च्याप्टर र साहित्यिक चाैतारी शाखा साउदी अरबले संयुक्तरुपमा यही जुलाई १२ तारिख शुक्रबार २०६ औं भानु जयन्ती मनाउने भएको छ।उक्त कार्यक्रम साउदी अरब, रियादकाे रमाद हाेटेलकाे सभाहलमा मध्यान्ह १२.३० बजेबाट सुरु हुने जानकारी प्राप्त भएको छ।

राेजगारीकाे सिलसिलामा साउदी अरबमा रही साहित्यमा कलम चलाउदै आएका स्रष्टाहरूबाट गजल (महफिल) वाचनकाे समेत कार्यक्रम रहेकाे साहित्यिक चाैतारी शाखा साउदीका अध्यक्ष कविराज शंखरले बताए ।साउदी अरबमा रहेका सम्पूर्ण नेपालीहरु लाई आफुसँग भएका कथा, कविता, गीत, गजल, निबन्ध तथा अन्य सृजना भएमा सो सहित उपस्थित हुनको लागि च्याप्टरका महासचिव अरुण बेल्बासेले एन ए मिडीया मार्फत अनुरोध गरेका छन् ।

विसं १८७१ असार २९ गते तनहुँको चुँदी रम्घामा पिता धनञ्जय र माता धर्मावतीदेवीका पुत्रका रुपमा भानुभक्तको जन्मनुभएका आचार्यले ‘अध्यात्मरामायण’को भावानुवाद गरी नेपाली समाजमा मौलिक नेपाली भाषा, साहित्य, धर्म, दर्शन र राष्ट्रियताको वीजारोपण गर्नुभएको थियो । उहाँले ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘वधूशिक्षा’, ‘रामगीता’ तथा दर्जनौँ फुटकर लगायत साहित्यिक कृति पनि प्रकाशित छन् ।

भाषिक सहजतासहितका भानुभक्तका कृतिले नेपाली समाजमा पठनपाठन र संस्कृतिको विकास गर्न तथा सांस्कृतिक, धार्मिक, सामाजिक एवम् नैतिक चेतनाको विकास गर्न पुर्याएको योगदानका कारण भानुभक्तलाई नेपाली समाजले सामाजिक अगुवाका रूपमा लिने गरेको छ ।आचार्यले लेख्नुभएका पाण्डुलिपिलाई सङ्ग्रह गरेर मोतीराम भट्टले पुस्तककाे रुपमा प्रकाशन गरेर नेपालीहरू बिच प्रचार प्रसार र चिनाएका थिए ।

नेपाली समाजमा एकै पल्ट भाषा, साहित्य, संस्कृति, धर्म, दर्शन, परम्परा, चरित्र, मर्यादा, पितृप्रेम, भ्रातृत्व, दाम्पत्य, कर्तव्यलगायत विषयलाई समन्वय गर्नुभएका आचार्य मूर्धन्य व्यक्तित्व भएको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज साउदीका अध्यक्ष नमराज लामिछानेले बताए ।साथै कार्यक्रममा उपस्थित भई नेपाली भाषा र साहित्यका बिभुति भानुभक्तको स्मरण र सम्मान गर्न सबैमा अनुरोध समेत उनले गरे।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


Copyright © 2015 ::NA Media Pvt. Ltd.::